Advertisement

Day: २०८२ जेष्ठ १८, आईतवार १९:३३

व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै

व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै

विचार
नेपालको राजनीतिक यात्रामा "व्यवस्था परिवर्तन"  भए पनि अवस्था भने उस्तै देखिन्छ ।  पछिल्लो समय याहाँकाे चित्रण हेर्दा एउटा निरन्तर दोहोरिइने मन्त्र जस्तै बनेको पाईन्छ । राजतन्त्रको ऐतिहासिक अन्त्य भयो, "जनताको शासन" भन्ने गणतन्त्रको घोषणा भयो । सिंहदरबारको दिव्य सत्ता गाउँ-गाउँ, टोल-टोलसम्म पुग्ने सुनौलो सपना देखाइयो। लोकतन्त्र, गणतन्त्र, संघीय गणतन्त्र एकपछि अर्को नयाँ संरचनाहरूको स्थापनाको घोषणा भइरहे । तर प्रश्न उठ्छ- के ती परिवर्तनहरूले जनताको वास्तविक जीवनमा साँच्चिकै परिवर्तन ल्याए । संविधान लेखियो, चुनावहरू गरिए, नयाँ सरकारहरू बने। तर सडकमा हिँड्ने सर्वसाधारणको अनुहारमा अझै उस्तै निराशा छ। सहरका गल्लीहरूमा भोक, अस्पतालका बार्दलीहरूमा आक्रोश, विद्यालयहरूमा सम्भावनाको कमी, अनि युवाहरूको आँखामा विदेशी भूमिको सपना छ। देशमा रोजगारीको अभाव, अवसरको अपुग र राजनीतिमा निरन्तरको अस्थिरताले लाख...
भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो  

भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो  

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ।   आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिए। उनका अनुसार अहिले नापीका लागि सबैै पालिकामा टोली खटिएको छ। नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र छजना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उनले बताए।   'हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ', अध्यक्ष पन्तले भने, 'यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ।' उनले लालपूर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताए। अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपूर्...
सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कन्चनपुर, कैलाली, खेलकुद, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।   सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्।   यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई टोलीमा समोवश गरिएको हो। प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भए...
कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्ने सुशिला खड्कासहित दुई जना पक्राउ

कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्ने सुशिला खड्कासहित दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, समाचार, सुदूरपश्चिम
धनगढी- एक वर्षदेखि कैलाली र कञ्चनपुरका किसानहरुलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छिन्।   खड्का सँगै पावर टिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले उनीहरुलाई शनिवार काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याएको बताए।   कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए। सुशिला खड्काले विभिन्न व्यक्ति, समूह, सहकारीलाई परिचालन गरी प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गर्दैआएका छिन्। उनको समूहले हालसम्म हजारौं किसानबाट रकम संकलन गरिए पनि हालसम्म प...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज