Advertisement

Day: २०८२ जेष्ठ १५, बिहीबार २१:०७

गणतन्त्र दिवसमा प्रेस चौतारी बझाङद्वारा दीप प्रज्वलन तथा कोणसभा

गणतन्त्र दिवसमा प्रेस चौतारी बझाङद्वारा दीप प्रज्वलन तथा कोणसभा

बझाङ, समाचार
बझाङ, जेठ १५ १८ ओैं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल बझाङ शाखाले बिहीबार साँझ दीप प्रज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा दीप प्रज्वलन गरेर गणतन्त्र मनाएकाे हाे । त्यसपछि वक्ताहरूले गणतन्त्र प्राप्तिका लागि सञ्चारकर्मीहरूको योगदान र गणतन्त्र प्राप्त पछि देश र नागरिकको अवस्था बारे आफ्नो धारणा व्यक्त गरेका थिए ।   कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामीले गणतन्त्र संस्थागत गर्न प्रेसको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रेस केवल सूचनाको माध्यम मात्र नभइ गणतन्त्रको चौथो आधारस्तम्भ रहेको समेत बताए ।   कार्यक्रमका प्रमुख अतिथि मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले गणतन्त्र प्राप्तिका लागि योगदान दिने ज्ञात अज्ञात सहिदहरू पर्ती श्रद्धासुमन व्यक्त गर्दै प्रेस र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए ।, उनले भने, ´स...
गणतन्त्र दिवसमा बझाङ ट्राफिक प्रहरीद्वारा सामूहिक रक्तदान

गणतन्त्र दिवसमा बझाङ ट्राफिक प्रहरीद्वारा सामूहिक रक्तदान

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: गणतन्त्र दिवस २०८२ को अवसरमा बझाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरूले "रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ जिल्ला अस्पताल बझाङमा सामूहिक रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । मानवताको सेवा र दुर्घटनाका बेला रगतको अभावले कसैको ज्यान जान नपरोस् भन्ने उद्देश्यले गरिएको यस रक्तदान कार्यक्रम समाजप्रतिको उत्तरदायित्वप्रति प्रहरीको संवेदनशीलता र सक्रियताको प्रतीकका रूपमा हेरिएको छ । कार्यक्रममा सहभागी ट्राफिक प्रहरी प्रमुख विनोद विष्टले भन्नुभयो, "हाम्रो जीवनले अर्थपूर्ण बनोस् भने हामी अरुको सेवामा तत्पर हुनुपर्छ। सेवा गर्न सक्नु नै साँचो सुख र सन्तोषको आधार हो।" उहाँले थप भन्नुभयो, "मानवमा जन्मसिद्ध विवेक र भावना हुन्छ । त्यसैले समाजप्रतिको उत्तरदायित्व, सहयोग र समर्पण स्वाभाविक रूपमा विकास हुनुपर्ने हो । सामूहिक रक्तदान यही मानवीय भावना र कर्तव्यबोधको अभिव्यक...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

समाचार
काठमाडौँ, १४ जेठ । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आगामी १७ र १८ गते हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने दुई दिने महाधिवेशनको उद्घाटन गर्न पहिलो दिन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आउने महासंघले जनाएको छ । महाधिवेशनबारे जानकारी दिन महासंघले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा झलक गौतमले देशभरबाट आउने ५०० बढी प्रतिनिधिले नयाँ नेतृत्व छनौट गर्ने समेत जानकारी दिए । महासंघले यसअघि रहेको १७ जनाको पदाधिकारी सहित १५१ सदस्यीय कार्यसमितिलाई घटाएर ९९ मा झारेको छ । यस्तै पदाधिकारीको संख्या पनि घटाएर ९ मा झारिएको बताए । उनले महाधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरि काम भईरहेको समेत जानकारी गराए । विसं २७ जेठ २०६२ सालमा स्थापना भ...
सरकारले खोस्यो एकैपटक तीन जना सांसदहरूको पिएसओ

सरकारले खोस्यो एकैपटक तीन जना सांसदहरूको पिएसओ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडाैं। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेठ १५ गते बिहीबार आफूहरुले गर्ने कार्यक्रममा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्। बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन्। उनले संविधानको उलंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाए। शान्तिबाटीकामा आफूहरुको कार्यक्रम शान्तिपूर्ण हुने उनले बताए। शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत जनाए। उनले आफूहरुको पीएसओ हटाएको बिषयमा सरकारसंग सोध्न सञ्चारकर्मीलाई सुझाव दिए।  साथै सरकारले आफ्ना  तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता बोलाएको बताए  । उनले भने, ‘सरकारले पीएसओ खोसे...
गणतन्त्र : मुकुटको होइन, मुलुकको हितले स्थान पाएको दिन– प्रधानमन्त्री ओली

गणतन्त्र : मुकुटको होइन, मुलुकको हितले स्थान पाएको दिन– प्रधानमन्त्री ओली

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । “शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल १” आज १८ औँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज