Advertisement

Day: २०८१ चैत्र ३१, आईतवार २०:४३

दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, दार्चुला, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–५, सौकेबगडमा टिप्परले ठक्कर दिँदा ५५ वर्षीय हरसिंह ऐरीको मृत्युु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतका अनुसार, सौकेबगडबाट होपरीगाड जाँदै गरेको बा. ३ च. २३९९ नम्बरको टिप्परले आइतबार दिउँसो ठक्कर दिँदा ऐरीको घटनास्थलमै मृत्यु भएको हो। टिप्पर चालक संखुवासभाको चौनपुर नगरपालिका–७ का २४ वर्षीय सुरज तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।...
पर्सामा आइतबार दिउँसो १२ बजेसम्म ‘कर्फ्यू’

पर्सामा आइतबार दिउँसो १२ बजेसम्म ‘कर्फ्यू’

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा शनिबार तनाव बढेसँगै जारी भएको ‘कर्फ्यू’ आदेश आइतबार दिउँसो १२ बजेसम्म जारी गरेको छ। वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि शनिबार साँझ साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताएका हुन्। कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ। जसअनुसार पूर्वः भेडियाही चौक- वीरगञ्ज महानगरपालिका-१५, पश्चिमः सिर्सिया पुल-वीरगञ्ज महानगरपालिका-२५ सम्म कफ्र्यू आ...
देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौँ– हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आजको मौसम पूर्वानुमान दिउँसो: देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। राति: पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य क्षेत्रको मौसम मुख्यतः सफा वा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा रातिको समयमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
आईपीएलमा हैदरावादको शानदार जित, पञ्जाबलाई ८ विकेटले पराजित

आईपीएलमा हैदरावादको शानदार जित, पञ्जाबलाई ८ विकेटले पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्ग्सलाई ८ विकेटले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले दिएको विशाल २४६ रनको लक्ष्य हैदरावादले १८.३ ओभरमै मात्र दुई विकेट गुमाएर भेट्टायो। हैदरावादका अभिषेक शर्माले विस्फोटक १४१ रनको शतकीय पारी खेले भने ट्राभिस हेडले ६६ रन बनाए। पञ्जाबका अर्शदीप सिंह र युजवेन्द्र चहलले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाउँदै २४५ रन बनायो। श्रेयस अय्यरले ८२, प्रभसिमरन सिंहले ४२, प्रियान्श आर्यले ३६ र मार्कस स्टोइनिसले अविजित ३४ रन जोडे। हैदरावादका हर्षल पटेलले ४ विकेट र इशान मालिङ्गाले २ विकेट लिए। यो जितसँगै हैदरावादले ६ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ। पञ्जाब भने ५ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ। यसअघि हिजो भएको पहिलो खेलमा ...
सुदूरपश्चिममा असिनाले गहुँ र तरकारी सखाप

सुदूरपश्चिममा असिनाले गहुँ र तरकारी सखाप

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी– शनिबार अपराह्न परेको असिनापानीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अन्नबाली, तरकारी र फलफूलमा ठूलो क्षति पुर्‍याएको छ। बैतडीको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकासहितका क्षेत्रहरूमा पाक्न लागेको गहुँ, तरकारी तथा फलफूलमा क्षति पुगेको किसानहरूले बताएका छन्। सिगास–९ का किसान रामबहादुर चन्दले गहुँ भित्र्याउने तयारीमा असिना परेको भन्दै "सबै खेतबारी सेताम्मे भएका छन्," भने। सित्तडका दलबहादुर कार्कीका अनुसार गहुँबाहेक आलु, प्याज, लसुन, खुर्सानी, बन्दा, काउली र टमाटरका बेर्नामा पनि क्षति पुगेको छ। “पाक्न थालेका बाली नष्ट भएपछि उत्पादन घट्ने निश्चित छ,” कार्कीले भने, “किसानहरू चिन्तित छन्।” कृषि ज्ञान केन्द्रले आधिकारिक विवरण आउन बाँकी भए पनि अन्नबाली र तरकारीमा क्षति भएको पुष्टि गरेको छ।...
नेपालमा चट्याङ लागेर एक वर्षमा ७८ जनाको मृत्यु

नेपालमा चट्याङ लागेर एक वर्षमा ७८ जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौं– नेपालमा चट्याङ लागेर एक वर्षमा ७८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको मृत्यु चट्याङकै कारण भएको हो । यो एक वर्षमा चट्याङबाट घाइते हुनेको सङ्ख्या ३०९ पुगेको छ । चट्याङले हालसम्म ५५६ घरपरिवार प्रभावित भएका छन् । जसबाट करिब एक करोड ४३ लाख रुपियाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । प्री मनसुन सक्रिय भएसँगै चैत २७ यता मात्रै चट्याङले आठ जनाको मृत्यु भइसकेको छ । प्री मनसुनको समयमा नेपाल, भारत, बङ्गलादेश र भुटानसहितका दक्षिण एयिसाली देशमा बढी चट्याङ पर्ने गरेको छ । विगत केही दिनमा भारतमा मात्र चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो ।...
बैतडीको पाटनमा आज शोक बिदा

बैतडीको पाटनमा आज शोक बिदा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । पाटन नगरपालिकाअन्तर्गत पशुपन्छि सेवा शाखामा कार्यरत कार्यालय सहयोगी मनिराम बिष्टको निधन भएकाले आज शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । बिष्टको चैत २८ गते निधन भएको थियो । आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोकबिदा रहेको नगरपालिकाको सूचनामा उल्लेख गरेको छ ।...
नीतिगत अन्योलमा गेटा मेडिकल कलेज, कर्मचारी तलबविहीन

नीतिगत अन्योलमा गेटा मेडिकल कलेज, कर्मचारी तलबविहीन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– छ अर्ब ५८ करोड रुपैयाँ खर्चिएर तयार गरिएको कैलालीको गेटा मेडिकल कलेज अझै सञ्चालनमा आउन सकेको छैन। सरकारी बेवास्ता, नीतिगत अन्योल र राजनीतिक दाउपेचका कारण कलेज अन्योलमा परेको हो। २०७३ सालमा सुरु गरिएको कलेजको संरचना ५१ हेक्टरमा फैलिएको छ, जसमा ६ सय शय्याको अस्पताल र ४२ वटा अन्य भवन तयार अवस्थामा छन्। एमबिबिएस पढाइको लागि आवश्यक फर्निसिङसमेत पूरा भइसकेको छ। तर, अहिलेसम्म तीन जना प्रमुख फेरिइसकेका छन् र ६३ जना करार तथा ज्यालादारी कर्मचारी पुसदेखि तलबविहीन अवस्थामा काम गरिरहेका छन्। अस्थायी दरबन्दी स्वीकृत नहुनु र मन्त्रालयबीचको समन्वय अभावले सेवा विस्तार गर्न नसकिएको हो। २०८० असारमा सरकारले १०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको मात्र अस्थायी स्वीकृति दिएको छ। अस्पताल भने स्वास्थ्य मन्त्रालय मातहत सञ्चालनमा आइसकेको छ, तर अन्य संरचना अ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज