Advertisement

Day: २०८१ फाल्गुन १४, बुधबार २३:०९

बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको घटनास्थलमै मृत्यु

बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको घटनास्थलमै मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत- (बेंगलोर) आज महाशिवरात्रीको दिन प्रायः जस्तो हिन्दू धर्म प्रति आस्थावान सबैले भब्यताका साथ मनाउने गर्दछन शिबको प्रसादको रुपमा भाङधतुराे लगाएत अन्य परिकार बनाएर ग्रहण गर्ने गर्छन तर भारतको बेंगलोरमा भने दु:खद घटना घटेको छ । बेंगलोरमा मोटरसाइकल दुर्घटनामा परि बझाङ्गका दुई जनाको मृत्यु भयको छ। धार्मिक आस्थाको धरहरा मानिने बेंगलोरको चिकबालापुरमा अबस्थित आदियोगी अर्थात ईसाफान्डेसनको दर्सन गर्न जाने क्रममा बझाङ्ग जिल्ला थलारा गाउपालिका वडा न : ४ मोयल घर भयर हाल रोजगारीको शिलसिलामा बेंगलोर बस्दै आउनु भयका २८ बर्षका सुनिल बिष्ट र खप्तड छान्ना गाउपालिका वडा न:५ का २६ बर्षिय उज्वल भन्डारीको घटना स्थलमै मृत्यु भयको हो पारिवारिक स्रोतका अनुसार सुनिल श्रीमती सहित एक छोरी संग बस्दै आयका थिए र दुबै जना रुमबाट हिजो बेलुका नै हिडेको र निन्द्रा पुरा नभयर उक्त दुर्घटना हुनसक्ने आकलन ...
रुसले गर्‍यो पूर्वी युक्रेनमा हमला, ५ जनाको मृत्यु

रुसले गर्‍यो पूर्वी युक्रेनमा हमला, ५ जनाको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
किएभ –किएभ नजिकै ड्रोन आक्रमणको केही घन्टापछि देशको पूर्वमा रहेको फ्रन्ट–लाइन सहरमा रुसी हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको र आठ जना घाइते भएको युक्रेनले बुधबार बताएको छ । व्यापक रुसी ड्रोन बमबारीले राति किएभ नजिकै एक युक्रेनी पत्रकारसहित दुई जनाको ज्यान गएको ती पत्रकारको समाचार एजेन्सीले जनाएको छ । युक्रेनी वायुसेनाले रुसले देशभरका लक्ष्यहरूमा विभिन्न प्रकारका १७७ ड्रोनको बमबारी गरेको बताएपछि किएभमा एएफपी पत्रकारहरूले विस्फोटको आवाज सुनेका थिए । रुसी सेनाहरू कोस्त्यान्तिनिभ्का सहरतर्फ अघि बढिरहेका छन् र पूर्वी डोनेट्स्क क्षेत्रको नागरिक केन्द्रमा तीव्र रूपमा बमबारी गरिरहेका छन् । पूर्वी डोनेट्स्क क्षेत्रलाई क्रेमलिनले रुसको हिस्सा भएको दाबी गरेको छ । “कोस्त्यान्तिनिभ्कामा भएका आक्रमणहरूमा कम्तीमा पाँच जनाको मृत्यु भयो र आठ जना घाइते भए”, डोनेट्स्क क्षेत्रका गभर्नर भादिम फिलास्किनल...
कैलाली प्रिमियर लिगको उपाधि कञ्चनपुरको भीमदत्तलाई

कैलाली प्रिमियर लिगको उपाधि कञ्चनपुरको भीमदत्तलाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- क्रिकेटको सहर धनगढीमा भएको एसपीए कैलाली प्रिमियर लिगको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ । बुधबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न भएको तेस्रो संस्करणको उक्त उपाधि कञ्चनपुरको भीमदत्त नगरपालिकाले जितेको हो । उपाधिका लागि पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भीमदत्तले उपाधि जितेको हो। उपाधिसँगै भिमदत्तले नगद २ लाख जितेको छ। उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ। यस्तै प्रतियोगितामा भिमदत्त नगरपालिका अरुण ऐरी सर्वोकृष्ट खेलाडी भए। उनले नगद २५ हजार प्राप्त गरे। उनी दुई खेलमा प्लेर अफ दि म्याच भएका थिए भने प्रतियोगितामा उनले १० विकेट लिएका थिए। पुर्नवास नगरपालिका दिपक बोहोरा उत्कृष्ट ब्याटर भए। उनले नगद १५ हजार पाए। उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए। त्रिवेणी नगरपालिकाका दिपक टमट्टा उत्कृष्ट बलर भए। उनले पनि नगद १५ हजार प्राप्त गरे।...
रोल्पामा श्रीमतीले हेपेको भन्दै श्रीमानले गरे खुकुरी प्रहार गरि हत्या

रोल्पामा श्रीमतीले हेपेको भन्दै श्रीमानले गरे खुकुरी प्रहार गरि हत्या

Breaking News 1, डोल्पा, ताजा अपडेट, मुख्य समाचार, समाचार
रोल्पामा आफूलाई हेपेको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ थुम्काटोलका ४० वर्षीय खिमबहादुर बुढा मगरले मंगलवार बिहान घरमै तरकारी बनाउँदै गरेकी श्रीमती अस्मिता बुढालाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । मलेसियाबाट हालैमात्र फर्किएका खिमबहादुरले दुई छोरा र एक छोरीको आमा रहेकी ३२ वर्षीय श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेपछि हातमा हतियार लिएर घुमिरहेको अवस्था प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार खिमबहादुरले बिहानै मदिरा सेवन गरेरे आफूलाई श्रीमतीले पटक–पटक हेपेको र भनेको नमानेका कारण आवेश आएर हत्या गरेको प्रहरी बताएका छन् । स्थानीयका अनुसार खिमबहादुर विदेश गएर फर्केपछि गाउँमै खेती किसानी गरेर बसेका थिए । उनलाई मानसिक समस्या पनि केही हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख सरोज प्रजापतिले...
जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल उपाधिको लागि आज सुदुरपश्चिम र लुम्बीनी भिड्दै

जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल उपाधिको लागि आज सुदुरपश्चिम र लुम्बीनी भिड्दै

Breaking News 1, कैलाली, खेलकुद, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको मध्यवर्ती क्षेत्रमा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि आज सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश भिड्दैछन् गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा गौरीगंगामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा  फुटबलको उपाधिका लागि आज महाशिवरात्रीकाे दिन सुदुरपश्चिम र लुम्बीनी प्रदेशबीच फाईनल खेल अर्थात उपाधि भिडन्त हुन लागेको हो । पहिलो सेमिफाईनलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई १–० ले र लुम्बीनीको राईजिङ स्टार क्लब पनि बागमति प्रदेशको लक्की स्टार क्लबलाई १–० ले हराउँदै फाईनल पुगेका हुन् । प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी मेडल पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवा...
आज महाशिवरात्रि,  शिवालयहरूमा भगवान् शिवको पुजा आराधना गरिँदै

आज महाशिवरात्रि, शिवालयहरूमा भगवान् शिवको पुजा आराधना गरिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज फाल्गुण कृष्ण चतुर्दशीअर्थात् महाशिवरात्रि। भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ । पञ्चाङ्गमा बुधबार ८ घडी ४ घडी अर्थात् बिहान ९ बजेर ४७ मिनेटसम्म त्रयोदशी तिथि रहने र त्यसपछि चतुर्दशी लाग्ने उल्लेख छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज