बझाङमा जिप दुर्घटना, एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो
बझाङ : बझाङमा भएको जिप दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरू सबैको परिचय पनि खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भैसकेको छ।
मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, ६ वर्षीया छोरी आकृति धामी र केदारस्यु गाउँपालिकाका ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका छन्।
से १ ज ८४३ नम्बरको जीप बिहीबार साँझ तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा धमेनामा दुर्घटना भएको हो। जीप करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएकोमा घाइते आकृतिलाई उपचारका ल...







