स्नातक दोस्रो वर्ष पास गायिका रचना रिमाल !
काठमाडौं । गायिका रचना रिमाल अहिलेकी सर्वाधिक व्यस्तमध्येकी गायिका हुन् । एक महिना लामो अमेरिकाको सांगीतिक भ्रमण सकेर उनी केही दिनअघि काठमाडौं फर्किएकी छिन् ।
संगीत कर्मसँगै उनले अध्ययनलाई पनि अगाडि बढाइरहेकी छन् । व्यवसाय र कर्मलाई सन्तुलन मिलाएर अघि बढाउनुपर्छ भन्ने उदाहरण उनी बनेकी छन् । धेरैका लागि उनको यो साधना प्रेरणादायी हुनसक्छ । किनभने स्वअध्ययन गरेरै उनी स्नातक दोस्रो वर्ष उत्तीर्ण भएकी छन् ।
बुधबार बीए दोस्रो वर्षको नतिजा सार्वजनिक भएको थियो । नियमित कलेज जान नभ्याउँदा पनि आफूले स्वअध्ययनलाई समय दिने गरेको उनको भनाइ छ ।
आफू स्नातक दोस्रो वर्ष उत्तीर्ण भएपछि यसबारे जानकारी दिंदै रचना सामाजिक सञ्जालमा लेख्छिन्, ‘सांगीतिक कर्मसँगै पढाइलाई पनि सँगै लिएर जानुपर्छ भनेर अगाडि बढिरहेकी छु । नियमित कलेज जान नभ्याउँदा पनि स्वअध्ययनमा समय दिने गरेकी छु । फलस्वरुप हिजो प्रकाशित...







