१७ असोज,विराटनगर । भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ ।
विमानस्थल नखुलेपछि विमानले आकासशमा ६ फन्को लगाएको थियो । आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो । वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो ।
एयरपोर्ट खुलेपछि श्री एयरको जाहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभास झाले बताए । ‘ल्याण्ड गर्ने बेलामा वर्षा र हावाहुरी चलेपछि आकाशमै होल्ड भएको हो,’ उनले भने,‘एयरपोर्ट खुलेपछि विमान ल्याण्ड भयो ।’
विराटनगरमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । विराटनगरमा एयरपोर्टमा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन भएको थियो ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३