बझाङमा ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न
बझाङ : ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न भएको छ ।
जिल्लाकाे सदरमुकाम चैनपुरमा ग्यासजन्य आगलागी सम्वन्धि कृतिम अभ्यास सम्पन्न भएको हाे । सदरमुकाम चैनपुरकाे खुलामञ्चमा सशस्त्र प्रहरी बल बझाङले कृतिम अभ्यास मार्फत जनचेतनामूलक कार्यक्रम गर्दै जनसमुदायलाई सुसूचित गराउनु भएको थियाे ।
सशस्त्र प्रहरी बल बझाङ आश्रिम गुल्म बझाङले घरमा ग्यास बाट आगलागी भए पछि कसरी निभाउने, कसरी बच्ने र बाढी पहिरो बाट कसरी जाेगिने कसरी उद्बार गर्ने भन्ने शन्दर्भमा जनचेतनामूलक कार्यक्रम मार्फत सचेतना जगाउनु भएको हाे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी अाेम प्रशाद भट्टराई काे अध्यक्षतामा सशस्त्र प्रहरी बल बझाङका डिएसपी,राष्ट्रिय अनुसन्धान बझाङ प्रमुख प्रमुख ,नेपाल प्रहरीका ईन्सपेक्टर उद्योग बाणिज्य सँघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेली लगायतकाे उपस्थिति रहेको थियाे ।
सशस्त्र प्रहरी बल बझाङ आश्रीम ...







