बझाङमा प्रहरीलाई छलेर क्षमता भन्दा बढि यात्रु ओसार्दै जीप व्यवसायी
बझाङको सदरमुकाम देखि पारी डुङ्ग्री देखि भातेखोला तर्फ गईरहेको जिपले क्षमत भन्दा २/३ गुणा बढि सवारी हाल्ने गरेको पाइएको छ । बझाङ जिल्ला को मस्टा गाउँपालिकाका शाखा रोडहरुमा मनोमानी तरिकाले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको पाइएको छ। जीपले छतमा समेत यात्रुहरु कोचाकोच हालेको दृष्य प्रस्ट देखिन्छ। जीपको भित्र अगाडी पछाडी पुरै मान्छे प्याक भएर छत पनि प्याक भई पछाडी झुण्डेर सवारी गरिरहेका दृश्य प्रष्टसंग देख्न सकिन्छ ।
यो भन्दा अगाडि पनि उक्त सडकमा यस्तै लापरबाही ले २ठूला दुर्घटना भैसकेका छन् उक्त दुर्घटनामा १० जना एक पटक र ८ जना मान्छेको अर्को पटक मृत्यु समेत भैसकेको छ भने दर्जनौं मान्छे घाइते भएका थिए । मस्टा गाउँपालिका वडा न १ का वडाअध्यक्ष कै घर अगाडि बाट त्यसरी मान्छे हालेको दृश्य सबैल प्रष्ट देखेका हुन्छन् तर स्थानीय सरकार र जिल्ला ट्राफिक प्रहरी कार...



