बझाङ जिल्लामा रहेको प्रगतिशील युवा समाजले भुकम्प बाट बच्ने सम्वन्धि कृतिमा अभ्यास सञ्चालन गरेको छ ।
जिल्लाकाे केदारस्यु गाउँपालीकामा वल्र्ड भिजन ईटनेशनल नेपाल र प्रगतिशिल युवा समाज बझाङद्वार विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको हाे ।

स्थानीयतहमा रहेका विभिन्न विद्यालयमा संचालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अर्तगत केदारस्यु गाउँपालिकाका १५ वटा विद्यालयमा कार्यक्रम गरिएको थियाे ।

विभिन्न विद्यालयमा सञ्चालन भएको जनचेतनामूलक कार्यक्रममा ११०० भन्दा बढी विद्यार्थीहरुकाे सहभागी रहेको थियाे । कार्यक्रममा ,शिक्षक,अभिभावकहरूकाे उल्लेख्य उपस्थिति रहेकाे फिल्ड अधिकृत दिनेश खड्काले बताए ।
सञ्चालन भएको कार्यक्रममा भुकम्प बालविवाह न्युनिकरण सहितकाे बिषयमा यसकाे उदेश्य भुकम्प बाट कसरी सुरक्षित हुने र कसरी बच्ने सम्बन्धि कृतिम अभ्यास गरियो हाे ।१५ वटा बिधालय मा २०८१/१/२३ गते सुरू भएकाे कार्यक्रम २०८१/१/२८ गते सम्पन्न गरियो ।फिल्ड अधिकृत दिनेश खड्का ले बताउनु भएको छ । प्रगतिशील युवा समाजले जिल्लाका विभिन्न स्थानमा समाज सुधारका कार्यक्रम गर्दै आएकाे थियाे । कार्यक्रममा केदारस्यु गाउँपालीका उपाध्यक्ष, वडा नम्बर २/३ का वडा अध्यक्ष सहित प्रगतिशील युवा समाजका प्रविन्द्र धामीकाे उपस्थिति रहेकाे थियाे ।


