Advertisement

मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै, पाँच सांसद विपक्षमा

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (विहिबार) विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीमा समर्थन गरेकै नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनेछन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय पाँच सांसदले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने छैनन्। यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो।बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ। उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए। आज त्यस विषयमा संसदीय दलका बैठक बस्छ। भोलि विश्वासको मत लिने निर्णय हुन्छ।वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोडारीले एक दिन अघि नै विश्वासको मत पाउने देखिएको छ।सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुनेछ। अहिलेसम्म सोडारीसहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्। माओवादी र एमाले भने सरकार बाहिर छन्। सुदूरपश्चिममा ५३ सांसद छन्।सोडारीले बहुमतको लागि २७ मत पाउनुपर्छ। एमालेका ११, माओवादीका सभामुखसहित ११, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक सांसद छन्। नाउपामा आन्तरिक विवाद छ। रेशम पक्षका सांसदहरू सरकारको विपक्षमा छन् भने रन्जिता पक्षका २ सांसद सरकारमै सहभागी छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज