अछामको चौरपाटी गाउँपालिका द्वारा नयाँ शाखा सडक उद्घाटन
अछामको चौरपाटी गाउँपालिकाले यस आर्थिक वर्ष को बजेट कटौती भए पछि पालिकाको आफ्नै स्काइभेटर लाई प्रयोग गर्दै धमाधम बिकास निर्माणका कार्यहरुलाई निरन्तरता दिई अघि बढेको छ ।
सोहि क्रम मा आज पनि गाउँ पालिका का अध्यक्ष भिम बहादुर साउद ले आज गाउँपालिका वडा न.१ अन्तर्गत पर्ने पातल देखि चिनेसाझ सम्म को १ किलोमिटर दुरी मा रहेको स्थानीय सरकार आएको महसुस नै नभएका बस्तिमा सडक निर्माण को उद्घाटन गरेका छन। उक्त उद्घाटन कार्यक्रम मा सोही वडा का वडाअध्यक्ष वीर बहादुर थापा सहित ८५ वर्ष का ज्येष्ठ नागरिक र थुप्रै महिला दिदिबहिनी हरुको समेत उपस्थिती रहेको थियो ।
बर्सौ देखि सडक को प्रतीक्षा मा रहेका चिनेसाझ गाउँका बासिन्दाहरु खुसिले हर्सित भएका छन । अब पालिका सम्म जोड्ने उक्त बाटो पाएको मा त्यहा को जनजीवन सहज हुने स्थानिहरु बताउछन । यसको सम्पुर्ण श्रेय पालिका अध्यक्ष ...



