बझाङ कृषि विकास बैकमै लुटतन्त्र
बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकामा रहेको कृषि विकास बैकमै लुटतन्त्र हुन थालेको छ ।
बड्डीज्यावनका ५८ वर्षीय नरुवा बोहरा लगायत सोही गाउँका १५ जना गत चैत्र २५ गते खाता खोल्न भन्दै बुंगल नगरपालिकाको झापामा रहेको कृषि विकास बैंकमा पुग्नुभयो । जहाँ सेवाग्राहीको भिडभाड र चाप भएका कारण बैंक कार्यालय बाहिरनै दुई वटा लाइन लगाइएको थियो ।
बोहरा लगायत उक्त गाउँका स्थानीयहरू नगरपालिकाबाट सञ्चालन हुने सुरक्षित नागरिक आवास कार्यक्रममा छनोट भएको भएर पालिकाले बैंकमा खाता खोलेपछि मात्रै सुरक्षित आवास निर्माणका लागि रकम भुक्तानी दिने भनेपछि उहाँहरूले बैंकमा खाता खोल्नैपर्ने बाध्यता थियो ।
५८ वर्षीय बोहरा लगायत बड्डीज्यावन सबै नागरिकहरू खाता खोल्नको लागि बैंक बाहिरै दिनभर पालो कुरेर लाइनमा बस्नुभयो, तर उहाँहरूको पालो बैंक बन्दहुने समयसम्म पनि पुगेन । बैंक भित्रका कर्मचारीसँग चिनजान भएका अन्य कर्म...



