Advertisement

कञ्चनपुरमा सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान सुरु

Advertisement

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ। स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको हो। 

सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत हाल पहिलो चरणमा सरकारी कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए। ‘हामी अतिक्रमण हटाउने अभियानमा छौँ, अतिक्रमणको तथ्याङ्क सङ्कलन गरिएको छ, कसैले यदि अतिक्रमणको सूचना उपलब्ध गराउनुभयो भने हामी त्यसमा पनि लाग्छौँ’, उनले भने, ‘यस अभियानमा राजनीतिक दल, प्रदेशसभा सदस्य तथा निर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण साथ छ।’

अभियानअन्तर्गत पहिलो चरणमा राजमार्ग छेउ र सरकारी कार्यालय अगाडि जमिन अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित नापी, मालपोत र यातायात कार्यालय भएर जाने सडक दुवैतिर छेउमा रहेका ३२ वटा अनधिकृत खोकाछाप्रा, टहरा र सटर हटाइएको छ। 

यस्तै आन्तरिक राजस्व कार्यालय अगाडि र ट्राफिक चोकबाट दक्षिण आउने सडकका चार÷चार अनधिकृत संरचना पनि खाली गराइएको छ। ‘महेन्द्रनगरस्थित सरकार कार्यालय अगाडिका ४० मध्ये ३८ संरचना हटाइएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘दुई वटा पक्की संरचना भीमदत्त नगर विकासको स्वामित्व भएकाले ताल्चा लगाएर नियन्त्रणमा लिएको अवस्था छ।’ 

वैशाख ३ गते कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अगाडिका तीन संरचना पनि हटाइएको उनले बताए। बेलडाँडी गाउँपालिकाले बसपार्क, अस्पताललगायतका लागि छुट्याएको सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाएको छ।

दोस्रो चरणमा महेन्द्रनगर बजार क्षेत्रमै रहेको बालसङ्गठनको एक बिघाभन्दा बढी जमिनमा निर्माण गरिएका संरचना हटाइनेछ। बालउद्यान निर्माणका लागि छुट्याइएको उक्त जमिन अहिले घरटहरा निर्माण गरिएका छन्। 

यसैगरी महेन्द्रनगर बजारमै रहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा पनि पक्की संरचना निर्माण गरिएका छन्। बालसङ्गठन र खाद्यव्यवस्था तथा व्यापार कम्पनीको जमिन यही वैशाख १५ गतेसम्म खाली गराउन सूचना जारी गरिएको छ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज