प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा खडका सर्वसम्मत
धनगढी—सुदूरपश्चिम प्रदेश प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा महेन्द्र खड्का चयन भएका छन् । शनिबार धनगढीमा भएको प्रजातान्त्रिक जनस्वास्थ्य संघको पहिलो अधिवेशनले खड्कालाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रनिता भट्ट, सचिवमा पदमराज भट्ट, सह—सचिवमा आशिष शाह, कोषाध्यक्षमा प्रकृति पन्त र सह—कोषाध्यक्षमा ममता जोशी चयन चएका छन् ।
त्यसैगरी, सदस्यहरुमा महेशबहादुर चन्द, दिपेन्द्र जोशी, विनोद भट्ट, सौगात शाह, राजेन्द्र भट्ट, खेम बोगटी, देवीचन्द्र थापा, हेमा भण्डारी, धर्मानन्द जोशी, विनमराज श्रेष्ठ, थानेश्वर पनेरु र आयुशा पाण्डेय चयन भएका छन् ।
८ वैशाखमा हुने नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा सुदूरपश्चिम प्रदेशको अध्यक्षको लागि पेशागत समूहबाट शिवराज सुनारलाई सिफारिस गर्ने निर्णय गरेको छ भने जनस्वास्थ्य संघको केन्द्रीय कार्यसमितिको पदाधिकारी तथा सदस्यको नेपाल जनस्वास्थ...



