कांग्रेस राष्ट्रिय सभाको संसदीय दलको नेतामा सिटौला मनोनयन
काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
सभापति देउवाले सिटौलालाई कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जनसहित, २०७४ को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् ।
यसैगरी, कांग्रेसले सत्ता गठबन्धनमा नरहेका दलहरूसँग परामर्श गरेर अध्यक्षको उम्मेदवार तय गर्ने पनि मुख्य सचिव पौडेलले बताए । ...



