Advertisement

Day: २०८० फाल्गुन २३, बुधबार १७:३५

१७ मन्त्रीको मन्त्रालय तोकियो [सूचीसहित]

समाचार
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले आज १४ जनाले शपथ लिनेछन् । मन्त्रीहरूका कार्यविभाजन यसप्रकार छ । एमाले रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला हरि उप्रेती, रक्षा भगवती चौधरी, महिला बालबालिका राजेन्द्र राई, खानेपानी दामोदर भण्डारी, उद्योग ज्वालाकुमारी साह, कृषि बलराम अधिकारी, भूमि व्यवस्था माओवादी नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र वर्षमान पुन, अर्थ शक्ति बस्नेत, उर्जा रेखा शर्मा, सञ्चार हितबहादुर तामाङ, पर्यटन रास्वपा रवि लामिछाने, उपप्रधान तथा गृह डीपी अर्याल, श्रम विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद सुमना श्रेष्ठ, शिक्षा...

एकीकृत समाजवादी सरकारमा सहभागी हुने

समाचार
धनगढी - नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि थप निर्णय हुनेछ । खतिवडाले भने, ‘आज छलफल गर्न पठाएका छौं, प्रक्रिया कति लामो हुन्छ, उहाँहरुमा निर्भर हुन्छ ।’...

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

समाचार
धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।...
त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो

त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो

मुख्य समाचार, समाचार
धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ। ६ पुरुष र एक महिला गरी सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको उनले बताए। ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ’, प्रहरी उपरीक्षक केसीले भने। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन्।  कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको  बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो।  बसचालक रूपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा ...
प्रदेश प्रहरीमा याेग शिविर सञ्चालन

प्रदेश प्रहरीमा याेग शिविर सञ्चालन

मुख्य समाचार, सुदूरपश्चिम
धनगढी : प्रदेश प्रहरी कार्यालयमा याेग शिविर सञ्चालन भएको छ । सेवा नै धर्म हाे भन्ने मुल नाराका साथ आज प्रदेश प्रहरी कार्यालय धनगढीमा याेग शिविर सञ्चालन भएको हाे । सुदुरपश्चिम प्रदेशकाे प्रदेश प्रहरी कार्यालयमा रहेको सभाहलमा सबै प्रहरीहरुलाई स्वास्थ्यका लागि याेग शिविर सञ्चालन गरिएकाे नेपाल प्रहरी श्रीमती सँघ सुदुरपश्चिमले जनाएको छ । आज सञ्चालन भएको कार्यक्रममा पतञ्जली याेगका केन्द्रीय प्रभारी लवदेव मिश्र ब्रमाकुमारी र सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा डिआईजी रविन्द्र केशीले दिप प्रजलन बाट उद्घघाटन गर्नु भएको थियाे । प्रदेश प्रहरीकाे सभाहलमा याेग शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशी सुदुरपश्चिम प्रदेशका एसएसपी दिल्लीराज बिष्ट लगायत सम्पुर्ण प्रहरी युनिट उपस्थिति रहेकाे थियाे । शिविरमा याेग सम्वन्धि सहायक प्रमुख जिल्ला अधिकारी र केन्द्रीय लवदेव ब्रमाकुमारील...

त्रिशूलीमा बस खस्दा पाँच जनाको मृत्यु

समाचार
धनगढी - धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।  दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज