Advertisement

Day: २०८० फाल्गुन १८, शुक्रबार १४:२०

DDA मा दर्ता नभएका ‘डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल’ सिफारिस नगर्न डाक्टरलाई ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशन !

DDA मा दर्ता नभएका ‘डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल’ सिफारिस नगर्न डाक्टरलाई ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशन !

समाचार
औषधि व्यवस्था विभागमा दर्ता नभएको 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्ने चिकित्सकहरुलाई निर्देशन दिइएको छ। ट्रमा सेन्टर काठमाडौं र भरतपुर अस्पताल चितवनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।  ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपेरिन्डेन्ट डा बद्रि रिजालले एक सूचना जारी गर्दै  औषधी व्यवस्था विभागमा दर्ता/स्वीकृत भएका अत्यावश्यक बाहेक कुनै पनि खाद्यपूरक सामाग्रीहरु (न्यूट्रास्युटिकल) सिफारिस नगर्न/नगराउन भनेका छन्। 'गैरकानुनी रूपमा आयात गरी औषधि पसलबाट फर्मास्युटिकल वनावट ( ट्यावलेट / क्याब्सुल / सिरप) गैरकानुनी रूपमा विक्री वितरण भएकोले यस्ता औषधी पैठारी, विक्री वितरण, सञ्चय, परिवहन तथा विरामीलाई सिफारिस नगर्न विभागले अनुरोध गरेको थियो। सोही अनुसार अस्पतालले रोक लगाएका हुन्। निर्देशन विपरिता त्यस्तो सिफारिस गरिएको भेटिएमा सम्बन्धित चिकित्सक/ स्वास्थ्यकर्म...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

समाचार
दाङ - लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ ।  आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । उनका अनुसार आजको बैठकमा सभामुखले  प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धीे र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।  यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूचि पनि रहेको छ । यस्तै यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । ...

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

समाचार
धनगढी – वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।  साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो । योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै खेलको ७४औँ मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९औँ मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्‍याे । जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन् । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । त्यसपछि खेल पेना...

केएमसीमा स्नातकोत्तर प्रथम सेमेस्टरलाई स्वागत तथा अभिमुखिकरण 

समाचार
धनगढी - धनगढीको केएमसीमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । बिहीबार कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीद्वारा आयोजित उक्त कार्यक्रममा क्याम्पसका सहायक प्रमुख लोक बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । भबिस्यमा तपाईं कहाँबाट पढेकोभन्दा पनि तपाईंको क्षमताको मूल्यांकन गरिने भएकाले हामीले छलफल अन्तरक्रिया, समिक्षा गरेर हामी सबैले अगाडि बढ्नुपर्ने क्याम्पसका सह-प्राध्यापक तथा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक संघका केन्द्रीय सभापति राजेन्द्रवीर चन्दले बताए । क्याम्पसको लामो इतिहासले यसको आफ्नै गरिमा रहेको र उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको उनले बताए । आजको युगमा विद्यार्थीले संसारभ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज