Advertisement

Day: २०८० फाल्गुन ४, शुक्रबार १९:४२

धनगढीको शारदा माविका शिक्षक अर्जुन सम्मानित  

समाचार
धनगढी - धनगढीको शारदा माविमा अध्यापन गराइरहेका शिक्षक अर्जुन रजवार सम्मानित भएका छन् । शुक्रबार धनगढी-२ मा रहेको शारदा माविले मनाएको ४८औं वार्षिकोत्सवमा तथा अभिभावक दिवसका अवसरमा शिक्षक रजवारलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको हो । विद्यालयले २० वर्षसम्म सेवा प्रदान गरेका शिक्षक/शिक्षिकालाई उक्त सम्मान प्रदान गर्दै आइरहेको प्रधानाध्यापक तेजबहादुर सिंहले बताएका छन् । कैलाली जिल्लाको शैक्षिक उन्नयन गर्न र शिक्षण सेवा अवधि भरी शिक्षण पेशाको मर्यादा उच्च राख्न अनुकरणीय योगदान गर्दै शारदा माविमा २०६० जेठ ०१ गतेदेखि हालसम्म शिक्षकको जिम्मेवारीमा रहँदा यस संस्थाको शैक्षिक, भौतिक र प्रशासनिक विकासका लागि उत्कृष्ट सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गरिएकाले उक्त सम्मान अर्पण गरिएको सम्मान पत्रमा उल्लेख छ । शुक्रबार शारदा माविले मनाएको ४८औं वार्षिकोत्सव समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका...

धनगढीको शारदा माविले मनायो ४८औं वार्षिकोत्सव 

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका-२, बैयाबेहडीमा रहेको शारदा माविले ४८औं वार्षिकोत्सव समारोह मनाएको छ । समाजसेवी फक्लु चौधरीले जग्गा दान गरेपछि २०३२ सालमा स्थापना भएको शारदा माध्यमिक विद्यालयले शुक्रबार आफ्नो ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।  समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त समारोहमा २०८१ सालमा कार्यकाल सकिन लागेकाले आजसम्म गरेको योगदानका लागि शिक्षिका माला ओझा र चित्रा पनेरूलाई सम्मान गरिएको छ । त्यस्तै विद्यालयमा अध्यापन गराइरहेका शिक्षक अर्जुन रजवारलाई विद्यालयमा २० वर्ष बढी सेवा प्रदान गरेको उपलक्ष्यमा  वार्षिकोत्सव समारोहमा सम्मान गरिएको छ । त्यस्तै समारोहमा विद्यालयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेका विभिन्न समाजसेवी व्यक्तिलाई सम्मान गरिएको छ । वार्ष...

२६ बर्षदेखि राजनीतिमा सक्रिय चन्दको एमाले कैलालीको सचिवमा उम्मेदवारी

समाचार
धनगढी - राजनितिमा कुनै न कुनै रुपमा फाइदा लिनकै लागी लाग्ने परिपाटी निकै बढेको छ । नेताको नजिक भएर योजना पाउन, सरकारी नियुक्ती खान, पहुँचमा भइरहन, अबैध कारोबार गर्न लगायत फाइदाका लागी मात्रै राजनितिमा होमिने धेरै छन् ।  तर इमानको राजनिति गर्ने हरु निकै कम भेटिन्छन् । राजनितिलाई सेवाका रुपमा लिएर बषौँ खर्चिएका इमान्दारितामा बिश्वास राख्ने एक हुन बिष्णु चन्द । हाल नेकपा एमाले कैलाली जिल्ला कमिटि सचिवालय सदस्य समेत रहेका चन्दले पार्टीमा बषौँ लगानी गरे । २०३८ साल जेठ महिना बैतडीको तत्कालीन ढुंगाड गाबिस वडा नम्बर ७ मा बुवा उद्धव चन्द कलावती चन्दको सुपुत्रका रुपमा जन्म लिएका चन्द सानै देखी सामाजिक सेवामा काम गर्ने सोचका ब्यक्ती थिए ।  चन्दले कक्षा ७ सम्म गाउँकै बिद्यालयमा अध्यायन गरे । २०५० सालमा बैतडीबाट धनगढी झरेका चन्दले कक्षा ८ सम्म धनगढीको सारदा माध्यमिक बिद्यालयमा अध्याय...

‘श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप’ फागुन ६ गतेदेखि   

समाचार
धनगढी - श्री कलेज अफ म्यानेजमेन्ट धनगढी कप फागुन ६ गतेदेखी १० गतेसम्म हुने भएकाे छ ।  धनगढीमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आयाेजक लिटल फ्लावर स्पोर्ट्स क्लबले कपबारे जानकारी दिएको हाे । श्री कलेजकाे मुख्य प्रायाेजनमा आयाेजना गरिएको विद्यालय स्तरीय फुटबल कपकाे प्रथम पुरस्कार ५० हजार नगदसहित ट्रफि र प्रमाणपत्र र द्वितीय हुने टिमले २५ हजार नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजक स्पाेट्स् क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन् ।  कपमा कैलाली जिल्लाका १० वटा स्कुलहरुकाे सहभागीता रहेकाे उनले बताए । शाहीले भने, "धनगढीकाे खेल क्षेत्रलाई विकास गर्न धनगढी कपले याेगदान पुर्याउने विश्वास गरेका छौं । लिटल फ्लावरले केही वर्षदेखी क्रिकेटका राष्ट्रिय तथा स्थानिय प्रतियोगिता गरिरहेकाे अवस्थामा अहिले फुटबल प्रतियोगिताकाे सुरुवात गरेकाे छ ।"...

कञ्चनपुरकी फरार प्रतिवादी एक महिला धनगढीबाट पक्राउ 

समाचार
कञ्चनपुर - बैङकिङ कसुर मुद्दामा फरार प्रतिवादी कञ्चनपुरकी जानकी कुवँर धनगढीबाट पक्राउ परेकी छिन् । जिल्ला अदालत कञ्चनपुरले २०८० पुस २ गते बैङकिङ कसुर मुद्दामा १ महिना कैद र ५ लाख ६० हजार जरिवाना फैसला सुनाएपछि कुवँर फरार रहेकी थिइन् ।  कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बस्ने ४५ वर्षीया कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो धनगढीबाट पक्राउ गरेको बताइएको छ ।...

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

समाचार
चैनपुर - बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् ।    बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने  घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए ।  जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।...

बैतडीमा भन्सार छलीका सामान बरामद

समाचार
बैतडीः बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । दशरथचन्द नगरपालिका-४ कल्वारमोडबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ८ हजार ५७० मूल्यको चिनी, बिडी, प्लाष्टिक जुत्ति, पानीपुरी लगायतका सामान बिहीवार साँझ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको हो ।...

एमाले कैलालीको सचिवमा उम्मेदवार भट्ट, जबरजस्त 

समाचार
धनगढी - नेकपा एमाले कैलाली जिल्लाको नवौं अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला पदाधिकारीको उम्मेदवारी संकलन गरिएको छ ।  पदाधिकारीमा कतिजनाको आकांक्षा छ भनेर बुझ्न र सहमतिको प्रयास गर्नका लागि अधिवेशनमा पहिले नै उम्मेदवारी संकलन गरिएको बुझिएको छ ।  अध्यक्षमा ३ जना र सचिवमा १२ जनाको उम्मेदवारी परेको छ । जसमा सचिवका बलिया उम्मेदवारका रुपमा धनगढीका चूडामणि भट्ट देखिएका छन् ।  लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रही काम गरेका भट्ट क्याम्पसका प्रारम्भिक कमिटी हुँदै जिल्ला, प्रदेश र केन्द्रीय कमिटीसम्म नेतृत्वदायी भूमिका कुशलता पूर्वक निर्वाह गरिसकेका छन् ।  २०७४ सालमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशकै ठूला क्यामपसहरु मध्येको कैलाली बहुमुखी क्याम्पसको सभापतिमा अत्याधिक मतका साथ निर्वाचित  भएका थिए । भट्ट एमाले कैलालीका अत्यन्त सानो सानो कुराहरूमा स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज