´चरित्रहिन आईमाई`
‘तँ चरित्रहीन त होस् ।’ विवेक जोडले करायो । ‘किन ? के चरित्रहीन काम गरें मैले ?’ सानो स्वरमा सोधी सविताले ।‘अझ मुखमुखै लाग्छेस् ?’ विवेकले आफ्नो आक्रोशको डिग्री बढायो । ‘बढी बोलेकी होइन, सोधेकी मात्र हुँ । मैले त्यस्तो के चरित्रहीन काम गरें ?’ सविताले थप स्पष्टीकरण मागी । ‘बढ्ता बोल्ने होइन ल । मेरो रिसको पारो तातिसक्यो अब । अति भो अति ।’ विवेकको आक्रोशका अगाडि सविताले चुप नलागी धर पाइन ।
विवेक एक्लै बर्बराउन थाल्यो–`मेरो अघाडी बढी बोल्छ, समयमा भात पकाउनु छैन । न कपडा आइरन गरेको छ, न घर सफा–सुग्गर छ । मोबाइलमा पनि कति झुन्डिन सकेको ? को छ हँ तेरो मोबाइलमा झुन्डिरहन पर्ने स्पेशल मान्छे ?’
होइन के भनेको हजुरले ? कहिलेकाहीँ एक्लै हुँदा मन भुलाउन मोबाइल चलाउँछु हजुरबाहेक को हुनु र अरु मेरो ?’ सविताले आफ्नो स्पष्टीकरण प्रस्तुत गरी ।
‘अझ सदुइ बन्छेस् ? म हुँदाहुँदै एक्...



