डडेल्धुरामा जेब्रा क्रसिङ निर्माण – ट्राफिक सुरक्षामा थप मजबूती
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने केन्द्रविन्दु डडेल्धुरा बजार क्षेत्रमा पैदल यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय डडेल्धुरा र स्थानीय व्यवसायीहरूको सहकार्यमा जेब्रा क्रसिङ निर्माण सम्पन्न गरिएको छ।
उक्त क्षेत्र सुदूरपश्चिमको महत्त्वपूर्ण आवागमन मार्ग भएकोले यहाँको ट्राफिक व्यवस्थापन विशेष चुनौतीपूर्ण रहँदै आएको छ। यसलाई व्यवस्थित बनाउन यो जेब्रा क्रसिङ एक सकारात्मक पहलको रूपमा लिइएको छ।
यस कार्यमा डिएसपी सुघन्दा श्रेष्ठको नेतृत्व र पहल उल्लेखनीय रहेको छ। उहाँकै निर्देशनमा ट्राफिक प्रहरी टोलीले समन्वय गर्दै निर्माण कार्य सफल बनाएका हुन्।
स्थानिय व्यवसायीहरूको सहयोग र जनसरोकारयुक्त सहभागिता पनि प्रशंसनीय रह्यो। ट्राफिक सचेतना बढाउने यस्ता प्रयासबाट बजार क्षेत्र सुरक्षित, व्यवस्थित र अनुशासित बन्ने अपेक्षा गरिएको छ।
डडेल्धुरा...












