सुदूरपश्चिमलगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ — सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी र बाजुरामा रातिदेखि पानी परिरहेको छ। गोकुलेश्वर, पश्चिम सेती, ओलेना लगायत साना खोलामा आकस्मिक बहाव र पहिरोको जोखिम देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
कास्कीको लुम्ले, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका ठाउँमा पनि मध्यम वर्षा मापन भएको छ।
महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमबार बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना छ।
संभावित भूक्षय, बाढी, पहिरो, डुबान र नदीमा बहाव वृद्धि हुन सक्ने भएकाले जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन र यातायात प्रभावित हुनसक्ने चेतावनी दिँदै सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।...











