Advertisement

भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

Advertisement

काठमाण्डाै– जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवाकाे क्यान्जिङ मौसमी केन्द्र र धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिनुभयो ।

‘त्यति ठूलो बाढी नै जाने गरी दुवैतर्फ ठूलो वर्षा भएकै छैन । न्यून चापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ’, उहाँले भन्नुभयो, ‘के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेर मात्रै हामी सूचना सार्वजनिक गर्नेछौँ ।’

विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको प्राविधिक प्रणाली ‘फ्ल्यास फ्लड गाइडेन्स प्रणाली’ को स्याटेलाइट–आधारित वर्षा अनुमान अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गएकाे २४ घण्टामा वर्षा भएको देखिँदैन ।

हिमताल फुटेको आशङ्का

विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासी फुटेर बाढी गएको हुनसक्ने आशङ्का गर्नुभएको छ । ‘ठूलो वर्षा नहुँदा पनि बाढी जानु भनेको हिमताल कतै फुटेको पनि हुनसक्छ’, उहाँले भन्नुभयो, ‘अहिल्यै नै कारण यकिन गर्न त सक्दैनौँ तर कारण खोजिरहेका छाैँ । थप अध्ययन गरेर हामी दुई–तीन दिनभित्रै सत्य/तथ्य विवरण सार्वजनिक गर्नेछौँ ।’

प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भोटेकोशी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । महाशाखाका अनुसार आज बिहान ३ बजे आसपास भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासी ठूलो बाढी प्रवेश गरेको देखिन्छ ।

‘रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेकाे जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्याङ्क अनुसार बिहान ३ बजेर १० मिनेटमा त्यहँ जलसतह एक्कासी झन्डै ३.५ मिटर बढेको देखिन्छ’, महाशाखाका बाढीविद् पराजुलीले भन्नुभयो, ‘रसुवागढी नाकाबाट झन्डै १३ किलोमिटर तल विभागको रसुवामा रहेकाे स्याफ्रुबेँसी स्वचालित जलमापन केन्द्रमा बिहान ३ बजेर ३० मिनेटमा एक्कासी बहाव बढेको देखिन्छ । त्याे केन्द्रमा बिहान ३ बजेर ३० मिनेटमा ३.६५ मिटर रहेको जलसतह एक्कासी ३ बजेर ४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको देखिन्छ । त्याे केन्द्रका गेजरिडरसँग बिहान ६ बजे आसपास सम्पर्क कायम भएको र उनका अनुसार केन्द्र बगाएको जानकारी प्राप्त भएको छ ।’

रसुवागढी नाकाबाट झन्डै ४१ किलोमिटर तल यस विभागको नुवाकोटमा रहेकाे त्रिशूली बेत्रावती स्वचालित जलमापन केन्द्रमा आज बिहान ५ बजे बहाव बढेकाे प्रतिवेदनमा उल्लेख छ ।

‘त्याे केन्द्रमा बिहान ५ बजे १.६० मिटर (बहाव झन्डै २२० घनमिटर प्रतिसेकेन्ड) रहेको जलसतह एक्कासी बिहान ५ बजेर १० मिनेटमा ३.६३ मिटर पुगेको र उच्चतम जलसतह बिहान ५ बजेर ५० मिनेटमा ४.१८ मिटर (बहाव झन्डै १ हजार ६०० घनमिटर प्रतिसेकेन्ड) पुगेको देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ, ‘प्रारम्भिक रूपमा बाढीको ठूलो प्रभाव भोटेकोशी तथा त्रिशूली नदीको रसुवाको क्षेत्रमा परेको र मध्यम प्रभाव नुवाकोटको त्रिशूली नदी तटीय क्षेत्रमा परेको तथा सामान्य प्रभाव धादिङको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकाले ३ वटै जिल्लाका नदी तटीय क्षेत्रमा आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएकाले बिहान साढे ६ बजे सरोकारवाला तथा नदी तटीय क्षेत्रका आम सर्वसाधारणलाई एसएमएसमार्फत सूचना जारी गरिएको थियो ।’

बाढीविद् पराजुलीले नुवाकोट जिल्लामा रहेकाे त्रिशूली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गर्नुभएको छ ।

विभागले भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आँकलनका लागि आज बिहान ७ बजे एशिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको अन्तरिक्ष–आधारित आपत्कालीन प्रतिक्रिया (सेन्टिनल एशिया) प्लेटफर्ममा तत्कालको भू–उपग्रह तस्वीर प्राप्त गर्न आपत्कालीन अवलोकन अनुरोध जारी गरेको छ ।

जोखिम अझै कायमै

बाढीविद् पराजुलीले विभागले निरन्तर अनुगमन गरिरहेको र अहिले बहाव घट्दो क्रममा रहे पनि जोखिम कायम रहेको भन्दै भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका आमसर्वसाधारण तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।

‘रसुवामा रहेकाे भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र अहिले घट्दो क्रममा रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाटसम्म त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाइराख्न अनुरोध गर्दछौँ’, उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा विभागबाट थप अध्ययन भइरहेकाले निरन्तर अपडेट जारी हुँदै जानेछ ।’

आउँदाे ३ दिन बाढीको जोखिम छैन : विज्ञ
आउँदाे ३ दिनसम्म बाढीको कुनै जोखिम नरहेको विभागका बाढी विज्ञ र मौसमविज्ञहरूले जानकारी दिएका छन् । मौसमविद् सञ्जीव अधिकारीले आउँदाे ३ दिनसम्म देशकाे धेरैजसाे ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहे पनि भारीदेखि अति भारी वर्षाको सम्भावना नरहेको जानकारी दिनुभयो । बाढीविद् विनाेद पराजुलीले ३ दिनसम्म देशभर बाढीको जोखिम नरहेको बताउनुभयो ।

अझै १८ जाना बेपत्ता

रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ३ प्रहरी र ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएका जानकारी दिनुभयो ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नगरपालिका–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।

बाढीमा परी बेपत्ता हुने चिनियाँ नागरिक सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्तृत पहिचान खुल्न बाँकी छ । बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, जीप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन् ।

बाढीले उत्तरगया गाउँपालिका–१ मैलुङकाे गल्छी बेत्रावती–स्याफ्रुबेँसी सडक खण्ड अन्तर्गत त्रिशूली नदीमा रहेको बेलिब्रिज बगाएको छ । त्याे ठाउँ नजिकै भर्खर निर्माण भएको पक्की पुलमा बाढीसहित लेदो माटो जम्मा भएको छ । त्रिशूली थ्री–ए जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुगेको छ । रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज