तस्करहरूले चाहेर मात्रै ‘यत्रो सुन तस्करी गर्न असम्भव’
झन्डै १०० केजी सुन तस्करीको अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले गरिरहँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि त्यसमा अग्रसरता लिएका छन्।
गृह मन्त्रालयमा बैठक र प्रधानमन्त्री प्रचण्डसँग उनको निवास बालुवाटारमा छलफल गरेपछि यस प्रकरणको छानबिनमा उनी संलग्न भएको देखिन्छ।
उनले विमानस्थलको पनि अनुगमन गरेका छन्।
त्यसअघि उनले बीबीसीसँगको कुराकानीमा सुन तस्करीको अनुसन्धान आफ्नो मन्त्रालयमातहतको निकायलाई पनि दिन चाहेको खुलाएका छन्।
यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन्।
सुन तस्करीको जालोमा अर्थतन्त्र: एक केजीमा गुम्छ रु १२ लाख राजस्व
विमानस्थलमा बरामद सुनको मालिक को, तस्करीमा कसको संरक्षण
अवैध सुनको रकम सरकारी ढुकुटीमा कसरी?
पहिलाको अभ्यासको आधारमा राजस्व अनुसन्धान विभागले काम गरिरहेको उल्लेख गर्दै श्रेष्ठले भने, “मैले व...










