विश्वकप क्रिकेट लिग–२ : नामिबियासँग नेपालको दोस्रो हार
धनगढी - आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नामिबियासँग दोस्रो हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ विकेटले पराजित गरेको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जित्यो र नेपाललाई ब्याटिङको निम्तो दियो ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर सातौं ओभरमा नेपालले दुई विकेट गुमायो ।
ओभरको दोस्रो बलमा भुर्तेल (१८)लाई एलबीडब्लू धरापमा पारेका बर्नार्ड स्कोल्जले चौथो बलमा अनिलकुमार साह (०) लाई पेभेलियनको बाटो देखाए । नेपालले थप ५ रन जोड्दा देव खनाल पनि शून्यमै आउट भए ।
आसिफ शेखले कुशल मल्लसँग मिलेर नेपालको इनिङ्स अगाडि बढाए । दुवैले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० रन पुर्याए । त्यसक्रममा आसिफले अर्धशतक पनि पूरा गरे ।
तर २०औं ओभरको पाँचौ बलमा स्कोल्जले नै आसिफलाई एलबीड...



