Advertisement

हाम्रो बारेमा

कञ्चनपुरबाट ९ वटा खच्चरसहित कालिकोटका युवक पक्राउ 

कञ्चनपुरबाट ९ वटा खच्चरसहित कालिकोटका युवक पक्राउ 

कन्चनपुर, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कञ्चनपुरबाट ९ वटा खच्चरसहित कालिकोटका युवक पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीबाट अबैंध रुपमा नेपालबाट भारत तर्फ लैजाने क्रममा अन्दाजी ५ लाख ४० हजार मूल्यको ९ वटा खच्चरसहित कालिकोटको सान्नि त्रिबेणी गाउँपालिका–६ बस्ने २० वर्षीय भक्त बि.सी.लाई शुक्रवार दिउँसो कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गेबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। उक्त खच्चरसहित उनलाई आवश्यक कारवाहीको लागि प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गडडाचौकीमा बुझाएको छ।...
देशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा हावाहुरीको सम्भावना

देशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा हावाहुरीको सम्भावना

मुख्य समाचार, सुदूरपश्चिम
आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ ती क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सरोज पुडासैनीका अनुसार गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसहित तराईका थोरै ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना रहेको छ ।...
बझाङका तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीमाथि कुटपिट, चार जना घाइते

बझाङका तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीमाथि कुटपिट, चार जना घाइते

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको छ । शुक्रबार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् । खप्तडछान्ना गाउँपालिका – ५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षिय खप्पिस थापालाई स्थानिय बाल्केश सिंह, आनन्द सिंह लगाएत ३ – ४ जनाको समूहले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट थापाको पेट, टाउको र हातमा चोट लागेको छ । चक्कु प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबिच जिल्लाको दुर्गाथली गाउँपालिका – १ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबिच झडप भएको छ । परीक्षा दिएर घर फर्किरहेका छविसपाथिभेरा गाउँपालिका – १ का १८ वर्षिय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका – २ का १८ वर्षिय विमल बोगटीमाथि कुटपिट...
गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी

गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी

मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी दर्ता भएको छ। नेपाल आइडल सिजन–२ का बिजेता एवं सुदूरपश्चिमको पर्यटन दुत समेत रहेका रविविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन। कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, झलारीमा उनी विरुद्ध मङ्गलवार उजुरी दर्ता भएको हो।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीका प्रहरीले अनुसन्धानको प्रक्रिया सुरु गरेको छ। जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउ पुर्जीसमेत जारी भएको छ। ...
सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठन गर्ने

सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठन गर्ने

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठन गरिने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन्। विश्वासको मत पाउने अवस्था नभएपछि मुख्यमन्त्री शाहले बिहीवार साँझ प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका थिए। मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँ कानुनी परामर्शमा जुटेका छन्। शाह संविधानको धारा १६८ को उपधारा(३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए। अब नयाँ सरकार गठनका लागि उपधारा(५) अनुसार आह्वान गर्ने कि उपधारा (२) मा फर्किने भन्ने विषयमा प्रदेश प्रमुख कानुनी परामर्श गर्ने भएका हुन्। प्रदेश प्रमुखको कार्यालयका सचिव शैलेश ढुंगानाले प्रदेश प्रमुख कानुनी परामर्शपछि मात्र नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताए। संविधानको धारा १६८ को उपधारा (५) बमो...
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडी, मुख्य समाचार
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रवार विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटना भएको हो। दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए। मृत्यु हुनेमा ट्याक्टर चालक राजेश चौधरी र  पाटन नगरपालिका  १० पनालीका मन्धिर विष्ट रहेका छन्। ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण  खुलेको छैन् । घटनाबारे  थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता केसीले बताए । ...
उपचुनावमा मुख्य दलहरुबाट उम्मेदवार टुङ्गो, भोलि उम्मेदवारी दर्ता

उपचुनावमा मुख्य दलहरुबाट उम्मेदवार टुङ्गो, भोलि उम्मेदवारी दर्ता

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ क्षेत्र नम्बर १ (क)  मा वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । चुनावी कार्यतालिका अनुसार भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । मुख्य दलहरु उम्मेदवार टुङ्गो लगाएर प्रचार अभियानमा जुटिसकेका छन् । बझाङको प्रदेशसभामा भन्दा इलामको प्रतिनिधिसभाको उपचुनावमा धेरैको ध्यान केन्द्रित भएको छ । इलाममा कांग्रेसबाट डम्बरबहादुर खड्का, एमालेबाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राप्रपाबाट लक्ष्मी गुरुङ र पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्रसिंह थेगिमबीच प्रतिष्पर्धा हुने भएको छ । यसैबीच निर्वाचन आयोगले उपचुनावका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उ...
एक हप्तासम्म देशका केही ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

एक हप्तासम्म देशका केही ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

मुख्य समाचार, सुदूरपश्चिम
आजदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ  र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार शुरुमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको प्रभाव रहने सम्भावना छ यो हप्ताको शुरुमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षा तथा बाँकी पहाडी भेगका  एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ । हप्ताको मध्य र अन्त्यमा देशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका थोरै ठाउँहरुमा साताभर नै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार देशका धेरै ठाउँहरुमा उच्...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको मत पाउने अवस्था नभएपछि उहाँले राजीनामा दिनुभएको हो । सत्ता साझेदार नागरिक उन्मुक्तिका सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोज्नुभएको हो । गएको वर्ष तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रमा भएको सत्तासमीकरण फेरबदलसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो । म...
सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो, तोलाको १ लाख ३४ हजार

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो, तोलाको १ लाख ३४ हजार

ब्यापार, मुख्य समाचार
सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ३३ हजार रुपैयाँ कायम भएको थियो । लगातारजसो सुनको भाउ बढिरहँदा व्यापार घटेको व्यवसायीले बताएका छन् । त्यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय १० रुपैयाँ कायम भएको थियो । ...
ट्याक्टरबाट खसेर दार्चुलामा एक जनाको मृत्यु

ट्याक्टरबाट खसेर दार्चुलामा एक जनाको मृत्यु

दार्चुला, मुख्य समाचार
दार्चुला : ट्याक्टरबाट खसेर दार्चुलामा एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–३ गराखु मानाकोटमा सुदूरपश्चिम प्रदेश ०२००२ त १५९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीइ ४० वर्षीय हरकसिंह नगालको मृत्यु भएको हो बुधवार राति भएको उक्त दुर्घटनापछि ट्याक्टर चालक महाकाली नगरपालिका –३ बाँजघाटका २५ वर्षीय भुवनसिंह महरालाई नियन्त्रणमा लिएको दार्चुला प्रहरीले जनाएको छ ।...
सेती अस्पतालमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु

सेती अस्पतालमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु भएको छ बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल गएकी धनगढीमा बस्दै आएकी ४० वर्षीया सीता डंगौराको मृत्यु भएको हो। मृतकको आफन्त मनीषा चौधरीका अनुसार सिताले बिरालोले नङमा कोपरे पछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएकी थिइन। दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिसकेको थियो। अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन्। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ, तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ। यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज