एमालेका ८ मन्त्रीले दिए राजीनामा
बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला मन्त्री भगवती चौधरी, उद्योग मन्त्री दामोदर भण्डारी, रक्षामन्त्री हरि उप्रेती र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा दिएका हुन्।
बुधबार अपराह्न नेकपा एमालेले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
Laxmi bankनयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो।
Ncellयसअघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको थियो। ...











