Advertisement

टीकापुर अस्पतालमै सर्जरी सेवा : बिरामीलाई राहत

Advertisement

कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ । दुई वर्षमा ‘जनरल सर्जन’तर्फ एक हजार तीन सय ७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा श्ययाको सङ्ख्या र परीक्षण गर्ने उपकरणको प्रयाप्त व्यवस्था भएको भए यो सङ्ख्या अझ बढी हुने चिकित्सक बताउँछन् ।

टीकापुर अस्पतालका शल्यचिकित्सक नवीनचन्द्र भट्टले आफ्नो सेवा सुरुआत गरेसँगै अस्पतालमा  शल्यक्रिया सेवा सुरुआत भएको हो । उहाँले २०७९ असारदेखि  अस्पतालमा आफ्नो सेवा थाल्नुभएको थियो । उहाँका अनुसार अस्पतालमा सामान्य, मध्यम र जटिल शल्यक्रियाको सेवा दिने गरिएको छ । दुई वर्षका अवधिमा सामान्य शल्यक्रिया छ सय जना गरेको अस्पतालले जनाएको छ । “सामान्य शल्यक्रिया छ सय जति भएका छन् भने एक सय ५० जनाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ”, उहाँले भन्नुभयो, “पित्तथैलीको पेट काटेर ७५ जनाको शल्यक्रिया गरिएको छ । दुरबिनबाट ३२, ल्याप्रोस्कोपी विधिबाट प्वाल पारेर दुई शल्यक्रिया भएका छन् ।”

दिसा गर्ने ठाउँको माथि प्वालबाट पिप र रगत आउने दुई जनाको शल्यक्रिया भएको छ । उसो त अस्पतालमा सामान्य खालका बोसोको डल्ला, मासु पलाएको, पानीको फोका, गाँठागुठी पलाएको, स्तनमा सामान्य गाँठागुठीको छ सय बढी शल्यक्रिया भएका छन् । यसरी टीकापुर अस्पतालमा शल्यक्रिया हुन थालेपछि कैलालीको पश्चिम भेग, बर्दिया, सुर्खेत र अछामका बिरामीले राहत पाएका छन् ।  “बिरामीको चाप छ तर पर्याप्त श्ययाको अभाव छ, थप सेवाका लागि उपकरण आवश्यक पर्छ”, डा भट्टले भन्नुभयो, “अस्पतालमा सेवा पाएपछि नागरिकले थप सेवा खोज्छन् जुन स्वाभाविककै हो ।”

विसं २०८१ वैशाख शल्यचिकित्सक थपिएपछि सेवामा थप चुस्तता आएको छ । “व्यवस्थापन पक्षबाट राम्रो सहयोग छ । मोडुलर ओटी ९सुविधा सम्पन्न० सुविधा मिलाइएको छ । सबैखाले विशेषज्ञ डाक्टर भएकाले शल्यक्रिया गर्न र सहकार्य गर्न सहज भएको छ”, डा भट्टले भन्नुभयो, “सघन उपचार कक्ष भइदिएको भए धेरै सहज हुन्थ्यो । स्वास्थ्यकर्मीलाई बारम्बार थप तालिको व्यवस्था आवश्यक छ ।”

उहाँले बजेट अपर्याप्त हुँदा शय्या अभाव हुन्छ । कहिलेकाहीँ श्यया अभाव भएर बिरामी फर्काउनुपर्दा नरमाइलो छ भन्नुभयो । दैनिक १० वटासम्म शल्यक्रिया गरेको उहाँको भनाइ छ । डा भट्टले भन्नुभयो, “जानकी गाउँपालिकाका ३५ वर्षका एक पुरुष पेट दुखेर आउनुभएको थियो, परीक्षण गर्दा पुरानो अल्सर अत्यधिक रक्सी सेवनका कारण फुटेर शरीरभरि फैलिएको अवस्था थियो तर बचाउन सफल भयौँ ।” पेटको खानेकुरा र पित्त शरीरभरि फैलिएको फैलिएर ९५ प्रतिशत ज्यान जाने जोखिममा भएको बिरामीको तीन घण्टा शल्यक्रिया गरेर बचाएको पनि सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “ठूला अस्पतालमा पर्याप्त उपकरण हुन्छन् । यहाँ त्यस्तो सुविधा हामी पाउँदैनौँ, सीमित उपकरणबाट काम गर्नुपर्ने बाध्यता छ । अब हामी दुई जना सर्जन छौँ, टिमवर्क भएमा हिम्मत बढ्छ । एनेस्थेसियालोजिस्ट डाक्टर पनि दुई जना हुनुहुन्छ र मोडुलर शल्यक्रिया कक्षबाट काम गर्ने गरेका छौँ ।”

उहाँले विगतलाई हेर्दा धेरै उपकरण थपिएका भए पनि अर्याप्त उपकरण सधैँ चाहिन्छ, सधैँ अभाव महसुस हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सिटीस्क्यान र सघन उपचार कक्ष अति आवश्यक छ । सघन उपचार कक्षसँगै श्ययालगायतका सुविधा भएको भए धेरै बिरामीलाई सेवा दिन सकिन्थ्यो ।”

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राई टीकापुर अस्पतालमा बिरामीको चाप बढी रहेकाले दुई जना जनरल सर्जन भए पनि शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको बताउनुभयो । “बिरामीको चाप बढी, शय्या अभाव भएकाले एक÷दुई दिन कुर्नुपर्छ”, उहाँले भन्नुभयो, “शल्यक्रिया गर्न ठूलो टिम चाहिन्छ । स्वास्थ्यकर्मी, नर्स सबै तालिम प्राप्त चाहिन्छ । भएकाहरुको क्षमता विकास, सर्जनका लागि आवश्यक अत्याधुनिक उपकरण थप गर्नसमेत आवश्यक छ ।”

अस्पतालका अध्यक्ष झपट सोडारी सर्जरी सेवा थप व्यवस्थित बनाउन प्रयास भइरहेको बताउनुहुन्छ । “सुदूरपश्चिममा पहिलो पटक सानो भए पनि मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “शल्यक्रिया कक्ष व्यवस्थित भएकाले बिरामीलाई राहत र सङ्क्रमणको जोखिम कम हुन्छ । अझ सेवा सुधारको प्रयासमै छौँ ।” रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज