Advertisement

जयपृथ्वीका आठ विद्यालयको सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माणबारे छलफल

Advertisement

बझाङ । प्रगतिशील युवा समाजको आयोजनामा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल कार्यक्रम शनिबार र आईतबार चैनपुरमा भएको छ ।

वल्र्डभिजन ईन्टरनेस्नल नेपालको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिकामा सञ्चालित “विद्यार्थीहरुका लागि प्रबिधीमैत्री शिक्षा सिक्ने अवसर” (टेलस) परियोजना अन्र्तगत विद्यालयमा सुचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल भएको हो ।

कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरज प्रशाद रेग्मीले टेलस परियोजनाले नगरपालिकाका ८ ओटा विद्यालयमा स्थापना गर्दै गरेको आईसिटी ल्याबले विद्यार्थी लगायत शिक्षक तथा अभिभावकलाई प्रविधी संग नजिक गराउने बताए । साथै उनले नगरपालिकाबाट पनि आईसिटी ल्याब मर्मत सम्भार कोषमा २० हजारका दरले ८ ओटा विद्यालयलाई सहयोग उपलब्ध गराउने बताए ।

कार्यक्रममा प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले सञ्चार र प्रविधीको युगमा विद्यार्थी तथा आम नागरिकले प्रविधीमा अगाडी बढ्न जरुरी भएको बताए ।

कार्यक्रममा स्वागत तथा कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै वल्र्डभिजन ईन्टरनेस्नल नेपालका जमुना श्रेष्ठले जयपृथ्वी नगरपालिकाका आठ ओटा स्कुलमा लागु भईरहेको टेलस परियोजनाले स्कुलमा बन्दै गरेको आईसिटील्याबको सञ्चालन तथा व्यवस्थापनका लागी कार्यविधी निर्माण गर्न कार्यक्रमको आयोजना गरिएको बताईन् ।

कार्यक्रममा जयपृथ्वी नगरपालिकाका पाण्डु, भवानी, निलकट्टी, नारायण, सुनिपिपलचौर, बालविकास माध्यामिक विद्यालय, सुर्मा र शिशु आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधी, कम्प्यूटर शिक्षक, बालक्लबका अध्यक्ष लगायत प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालय शिक्षामा सुचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माणका लागी आवश्यक छलफल गरिएको र भाद्र पहिलो साता भित्र कार्यविधी निर्माण गरिसक्ने जनाईएको छ ।

मिन शाही प्रशिक्षक रहेको कार्यक्रमको सञ्चालन प्रगतिशिल युवा समाजका कार्यक्रम अधिकृत पाण्डव पुजाराले गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज