Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
हाम्रो बारेमा - Page 227 of 375 - कामनाटुडे
Advertisement

हाम्रो बारेमा

सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका देउवा , शुक्रबार विश्वासको मत लिंदै !

सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका देउवा , शुक्रबार विश्वासको मत लिंदै !

Breaking News 2, Breaking News 3, ताजा अपडेट, समाचार
धनगढीः नेपाली काँग्रेसबाट प्रकाशबहादुर देउवा सुदूरपश्चिमको मुख्यमन्त्री हुने भएका छन्। काँग्रेसका केन्द्रीय नेताहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीमा देउवालाई पठाउने निर्णय गर्न निर्देशन दिएका हुन्। नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय समितिको शुक्रवार बिहान बैठक बस्ने भएको छ। शुक्रवार बिहान ११ बजे दलको बैठक बोलाइएको काँग्रेसका एक प्रदेश सभा सदस्यले बताएका छन्। उनले भने, ‘केन्द्रमा एक प्रकारको सहमति भएको छ। प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने लगभग सहमति भएको हो। हामी सबै यतै छौँ। बिहान धनगढी आउछौँ। भोलि बिहान ११ बजे दलको बैठक छ। दलको बैठकले प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने निर्णय गर्छ।’ नेपाली काँग्रेसले सुदूरपश्चिममा दलको नेतासमेत फेर्ने भएको हो। पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको छ। पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका दे...
व्याग्स अफ होपले धनगढी नगरबासीका समस्या पहिचान गर्दै

व्याग्स अफ होपले धनगढी नगरबासीका समस्या पहिचान गर्दै

ताजा अपडेट, समाचार
धनगढी- धनगढीका १९ वडामा वसोवास गर्दै आएका नागरिकको समस्याका विषयमा चासो राख्न थालिएको छ । ब्याग्स अफहोप का युवाले समस्याका विषयमा चासो राख्न थालेका हुन । ब्याग्स अफहोपका युवाले धनगढीको १९ वडाका ८५ टोलमा पुगेर स्थाानीय सँग प्रत्यक्ष भेटघाट गरी समस्याको बिषयमा चासो राख्नुका साथै सो को पहिचान गरी संकलन पनि गएिको ब्याग्स अफहोपका अध्यक्ष नितिश जोशीले जानकारी दिए । केही कारण पुग्न नसकेका टोलहरुबाट समस्या संकलन गर्न थप ७ दिनको समय दिएको उनले वताए ।ब्याग्स अफहोपका कार्यक्रम संयोजक दिपेश बोहोराको ९८६२५२५९७५ र अध्यक्ष जोशीको ९८२४६२१४८८ मोवाईल नम्बरको वाट्सअप मार्फत स्थानीयले आफ्नो गाउँ तथा टोलको समस्या संकलन गराउन सक्ने उनले वताए । नगरबासीले टिपोट गराउँदा वडा तथा टोलको नाम र समस्याबारे प्रष्ट लेख्नुपर्ने अध्यक्ष जोशीले भनाई छ ।ब्याग्स अफहोपले धनगढी उपमहानगर क्षेत्रका स्थानीयले भोग्...
अवैधानिक रुपमा संचालन गरिएको चर्चमा धनगढी उपमहानगरले चलायो डोजर

अवैधानिक रुपमा संचालन गरिएको चर्चमा धनगढी उपमहानगरले चलायो डोजर

कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवनमा उपमहानगरपालिकाले डोजर चलाइएको छ। उपमहानगरले अवैध रुपमा निमार्ण गरेका संरचनाहरुमा मंगलबार डोजर चलाएर भत्काएको छ। मापदण्ड विपरीत बनाइएको संरचना भत्काएको उपमहानगरपालिकाले जनाएको छ। त्यस्तै सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो। त्यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो। तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हो। यस...
इलाका प्रहरी कार्यालय सुखडलाई घोडाघोडी अस्पताल द्धारा एक थान कम्प्युटर सेट हस्तान्तरण

इलाका प्रहरी कार्यालय सुखडलाई घोडाघोडी अस्पताल द्धारा एक थान कम्प्युटर सेट हस्तान्तरण

कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
२०८१ श्रावण १३ गते सोमबार कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-१ मा रहेको घोडाघोडी अस्पताल प्रा.लीले ईलाका प्रहरी कार्यलय सुखड कैलालीलाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । नागरीकको सेवामा समर्पित दुई संस्थाको साझेदारी र सहकार्यबाट समाजमा सेवा प्रदान गर्न सकिने भएकोले अस्पतालले ईलाका प्रहरीलाइ कम्प्युटर प्रदान गरेको अस्पतालका अध्यक्ष चिरन जोशिले बताए ।...
नेपाल माेवाईल व्यावसायिक सँघ बझाङकाे बैठक बस्याे

नेपाल माेवाईल व्यावसायिक सँघ बझाङकाे बैठक बस्याे

ट्रेन्डिङ, बझाङ, मुख्य समाचार
नेपाल माेवाईल व्यावसायिक सँघ बझाङकाे बैठक बसेकाे छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा नेपाल माेवाईल व्यावसायिक सँघ बझाङकाे बैठक बसेकाे हाे । सुर्मादेवी मन्दिर परिसरमा अध्यक्ष जनक धामीकाे अध्यक्षतामा बैठक बसि विभिन्न निर्णय गरेको थियाे । बैठकमा माेवाईल व्यावसायिहरुकाे उपस्थिति रहेको थियाे भने बैठकले जिल्ला भरिका माेवाईल पशलहरु महिनाको दाेस्राे शनिवार र महिनाकाे अन्तिम शनिवार पसलहरु बन्द गर्ने र जिल्ला भरिका माेवाईल व्यावसायिकहरुलाई ईलाेक्टाेनिक नेपाल माेवाइल व्यावसायि सँघमा आवद्ध हुन लगाउने जस्ता निर्णयहरु गरेको प्रदेश सदस्य दिपेश वि सीले बताउनु भयाे । बैठकमा सबै माेवाईल व्यावसायिहरु उपस्थिति रहेका थिए ।...
नेपाल निजामती कर्मचारी संगठन बझाङले गर्यो रक्तदान

नेपाल निजामती कर्मचारी संगठन बझाङले गर्यो रक्तदान

ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
नेपाल निजामती कर्मचारी सँगठन बझाङले रक्तदान कार्यक्रम गरेको छ । आज एक कार्यक्रमका विच नेपाल निजामती कर्मचारी सगठन बझाङले रक्तदान कार्यक्रम गरेको हाे । जिल्ला कार्यसमिति बझाङले सहिद मनाेज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसकाे अवसरमा वृहत् रक्तदान कार्यक्रम गरेको सँगठन अध्यक्ष दिनेश बहादुर धामीले बताउनु भयाे । जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा गएर रक्तदान गरेको मुकेश थापाले बताए । उनले भने , उक्त कार्यक्रममा "रक्तदान जिवन दान" भन्ने मान्यतालाई स्थापित गर्दै विभिन्न व्याक्तिहरुले रक्तदान गरेको र हामीले रक्तदान गर्दा केही विरामीलाई सहज हुने उनकाे भनाइ थियाे । नेपाल निजामती कर्मचारी सँगठन बझाङले जिल्लामा दुखि गरिव असहाय अपांग सहित विभिन्न पिडित र विरामीलाई फलफूल देखि अन्य सहयाेग गर्दै आएकाे छ । जिल्ला अस्पताल पुगेर रक्तदान गर्नेमा दिनेश बहादुर धामी, मुकेश कुमार थापा,धन बहा...
बझाङको सदरमुकाम चैनपुर बन्द

बझाङको सदरमुकाम चैनपुर बन्द

ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङकाे सदरमुकाम चैनपुरमा रहेका पशलहरु आज बन्द रहेका छन । सदरमुकाम चैनपुरमा रहेका व्यावसायिहरुले महिनाको दाेस्राे शनिबार र महिनाको अन्तिम शनिवार पसल बन्द गर्ने निर्णय गरेको व्यावसायिहरुले बताउनु भयाे । नेपाल सरकारले सरकारी कार्यालयहरु बन्द हुने । सबै सरसफाइमा बेस्त हुने भएकोले चैनपुरका माेवाईल पशल र अन्य सबै पसलहरु बन्द रहेका छन । माेवाईल व्यावसायीका अनुसार आज सबै माेवाईल पसल मात्र नभए र चैनपुरका कपडा सहितका हाेटलहरु पनि बन्द रहेका छन । व्यापार व्यावसायिहरुका अनुसार आजकाे एक दिन सबै परिवार सँग रमाउने दिन पनि भएको कारण रमाइलो थकाइ मार्ने दिनको रुपमा हेर्दै महिनाकाे २ दिन बन्द गर्ने निर्णय भएको स्राेतकाे भनाइ छ । पसलहरु सबै बन्द भए पछि यसलाई चैनपुर बन्दकाे रुपमा लिन सकिन्छ ।...
नोभा अस्पताल मा  जन्डिस का बिरामि को मृत्यु , वास्तबिकता यस्तो ?

नोभा अस्पताल मा जन्डिस का बिरामि को मृत्यु , वास्तबिकता यस्तो ?

ट्रेन्डिङ, समाचार
धनगढी : धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो । मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ भने अस्पताल तोडफोड समेत गरेका छन । बेलौरीका नसिभ साउन ७ गते स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गर्न सुझाब दिईएको थियो तर उक्त पहिलो दिन अस्पताल भर्ना नभएको र अर्को दिन फेरि गाह्रो भए पछि मात्र भर्ना भएको अस्पताल स्रोत ले जनाएको छ । नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको गलत आरोप लगाए का छन र अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् । उता अस्पताल प्रशासनले र बिरामि लाई हेर्न डाक्टर बरिष्ठ फिजिस...
भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

भुटानमा भइरहेको ८ औं दक्षिण एसियाली कराँतेमा गौरीगंगाकी मनिषाले दिलाइन् स्वर्ण पदक

अन्तर्राष्ट्रिय, कैलाली, ट्रेन्डिङ, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरीगंगा - भुटानको राजधानी थिम्पुमा भइरहेको ८ औं दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै कैलालीको गौरीगंगा नगरपालिकाकी खेलाडी मनिषा बोहराले स्वर्ण पदक प्राप्त गरेकी छिन् । यसै अवसरमा आज गौरिगंगा नगरपालिकाले मनिषा बोहरा र कोचलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले जुनसुकै खेल खेल्ने खेलाडी रास्ट्रका गहना भएको र यसको लागि राज्यका हरेक तहका सरकारले सहयोग र हौसला बढाउनु पर्ने बताए ।  सम्मान कार्यक्रममा उपप्रमुख बमले थप्दै " गौरीगंगा बाट प्रतिनिधि गर्ने एक सामान्य घरपरिवारमा जन्मिएकी बहिनीले आज नेपाललाई बिश्व माझ चिनाउन सफल बाएकी छन् ।  बहिनीलाई अझै प्रगतिको शुभकामना  छ ।"  स्थानीय सरकार र ब्यक्तिगतरुपमा सधै रास्ट्रका गहनाका रुपमा परिचीत खेलाडीहरुलाइ सदैब सहयोग गर्ने उनले प्रतिबद्...
आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता गौरिगंगाकि मनिषालाई सम्मान

आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता गौरिगंगाकि मनिषालाई सम्मान

ट्रेन्डिङ, समाचार
२०८१ श्रावण ०९ गते बुधबारभुटानको राजधानी थिम्पुमा सम्पन्न आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता कैलालीकी मनिषा बोहरालाई स्वागत तथा सम्मान गरिएको छ । कैलालीको गौरिगगां नगरपालिका वडा नम्बर १० घर भएकि मनिषा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकि थिइन् । नेपाललाई स्वर्ण पदक जिताउन सफल भएकि मनिषालाई उनका प्रशिक्षक सहित स्थानियले गृहनगरमा स्वागत तथा सम्मान गरेका हुन् । नेपाल खेलकुद महासघं गौरिगगां नगर कमिटि अध्यक्ष समेत रहेका कराँते प्रशिक्षक अशोक चन्द लगायतले मनिषालाई स्वागत तथा सम्मान गरेका हुन् । भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य जित्दै कुल ६२ पदकसहित टिम प्रथम भएको थियो । नेपाललाई पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियर तर्फ –६८ किलोमा निशान तामाङ, त्यसैगरी यू–२१ को –८४...
नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सस्था मा लगाइयो  तालाबन्दी

नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सस्था मा लगाइयो तालाबन्दी

ट्रेन्डिङ, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन उत्कर्षमा पुगेको छ । मर्जरपछि साबिकको मिर्मिरेका कर्मचारीको पद घटुवा गरिएको भन्दै कर्मचारी पुनः आन्दोलित बनेका हुन् । ७ साउन (मंगलबार)मा शाखा कार्यालयहरुमा तालाबन्दी गरेका नेरुडे मिर्मिरेका कर्मचारीहरुले आज (बुधबार) लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । कर्मचारीको पद व्यवस्थापनका विषयमा गरिएका माग सम्बोधनमा संस्थाको व्यवस्थापन पक्षले चासो नदेखाएको भन्दै आन्दोलनरत कर्मचारीहरुले काभ्रेपलाञ्चोकस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा ताला लगाएका हुन् ।अहिले साबिकको मिर्मिरेमा २०७६ सालदेखि कनिष्ठ सहायक ‘ख’ पदमा भित्रिएका २ सय ४८ जना (स्थायी र करार) कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मर्जरअघि उक्त पद खारेज गरेर कर्मचारीको व्यवस्थापन गरिने भनिए पनि मर्जरपछि कनिष्ठ सहायक ‘ख’ भन्दा तल्लो दर्जाको केन्द्र व्यवस्थ...
धनगढि देखि काठमाडौं जादैँ गरेको श्री एयरको जहाज मा समस्या

धनगढि देखि काठमाडौं जादैँ गरेको श्री एयरको जहाज मा समस्या

ट्रेन्डिङ, समाचार
धनगढि ८,आज बिहान ९:५० को श्री एयरको २२२ उडान नम्बरको जहाज धावन मार्गबाटै फर्किएको छ।काठमान्डौको लागि धनगढिबाट उडन ठिक्क परेर उडानको लागि धावन मार्गमा गुडिरहेको बेला प्राबिधिक समस्या आएर फर्काउनु परेको बिमानस्थल श्रोतले जानकारि दिएको छ। अब काठमान्डौ बाट अर्को बिमानमा ईन्जिनियर आएर जाच गरेपछि मात्रै उडान हुने भनेर बिमानस्थल श्रोतले जानकारि दिएको छ। बिहान ९:५० को जहाज अब कतिबेला जाने भन्ने अनिश्चित भएर आफुहरु अलपत्र परेको र एयरलाईन्सले कुनै किसिमको क्षतिपुर्ति समेत न दिएको उक्त जहाजमा यात्रा गरिरहेका यात्रु तर्कराज भट्ट र हरि प्रसाद अधिकारिले जानकारि दिएका छन। श्री एयरलाईन्समा धेरै जसो यस्तो समस्याहरु आईरहने गरेका छन। नेपालमा रहेका एयरलाईन्सहरुले यात्रु सुरक्षा र अरु प्राबिधिक कुराहरुमा समयमै ध्यान नपुर्याउदा बिभिन्न दुर्घटनाहरु हुने गरेका छन भने यात्रुहरुले समेत सास्ति पाउने गरेका छन।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज