Advertisement

हाम्रो बारेमा

चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्व आजदेखि विधिपूर्वक शुरू

चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्व आजदेखि विधिपूर्वक शुरू

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
महोत्तरी – मिथिलासहित तराई/मधेसमा मनाइने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरू भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व विशेषगरी तराई/मधेसका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाउने गरिन्छ । पारिवारीक सुख, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु छठ पर्वको मुख्य विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । छठमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । पहिलो दिन आज नहा खा अर्थात् नुहाएर खाने गरिन्छ । दोस्रो दिन भोलि बुधवार खरना हुन्छ । अनि राति अरवा अरबाईन (नुन नभएको) खानेकुरा खाने चलन छ । त्यस्तै षष्ठीका दिन अर्थात् बिहीवार बेलुका गहुँ र चामल ओखल, जातो वा...
जनकपुरधाममा छठका मनाउन भित्र्याइयो पाँच करोडको केरा

जनकपुरधाममा छठका मनाउन भित्र्याइयो पाँच करोडको केरा

समाचार
छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ। जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिंगै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए। उनले अघिल्लो वर्ष करिब चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब रु पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए। जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए। ...
ओपन एआईले ल्यायो च्याट जीपीटी सर्च, गुगललाई तनाव

ओपन एआईले ल्यायो च्याट जीपीटी सर्च, गुगललाई तनाव

समाचार
लोकप्रिय एआई च्याट प्लाटफर्म च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले अन्ततः च्याट जीपीटीमा एउटा बहुप्रतिक्षित फिचर ल्याएको छ । कम्पनीले च्याट जीपीटीमा रियल टाइम सर्च फिचरलाई आबद्ध गरेको हो । ओपन एआईको उक्त कदमसँगै कम्पनीले माइक्रोसफ्ट कोपाइलट र गुगल जेमिनीलाई कडा टक्कर दिनेछ । खासगरी सर्च इन्जिन बादशाह गुगललाई यो सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । यद्यपि हालका लागि यो फिचर च्याट जीपीटीका प्रिमियम अर्थात् सशुल्क प्रयोगकर्ताका लागि मात्रै उपलब्ध हुनेछ । तर, निकट भविष्यमै यसलाई च्याट जीपीटीको नि:शुल्क भर्सनमा समेत लञ्च गरिने योजना कम्पनीको छ। यो फिचरको मद्दतले प्रयोगकर्ताहरुले च्याट जीपीटीबाट आफूले चाहेका अद्यावधिक जानकारीहरु सर्च गरेर प्राप्त गर्न सक्नेछन् । साथै यसमा प्रयोगकर्तालाई निकै तीव्र गतिमा हरेक सबालको जवाफ प्राप्त हुनेछ । ओपन एआईले यो फिचरको नाम च्याट...
काबुलको ग्यास उद्योगमा आगलागी हुँदा ६ जनाको मृत्यु

काबुलको ग्यास उद्योगमा आगलागी हुँदा ६ जनाको मृत्यु

समाचार
अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ग्यास कारखानामा भएको आगलागीमा परी ६ जनाको ज्यान गएको छ । साथै अन्य नौ जना घाइते भएका छन् । काबुल ;हरको पश्चिममा रहेको पघमान जिल्लाको काला–ए–हैदर खान क्षेत्रमा रहेको ग्यास कारखानामा आगलागी भएको हो । आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको प्राकृतिक प्रकोप तथा अग्नि नियन्त्रक विभागका प्रमुख नुरल्लाह अन्सारले ६ जनाको मृत्यु भएको र ९ जना घाइते भएको पुष्टि गरे । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आर्थिक क्षतिको विवरण भने नआएको स्रोतले जनाएको छ ।  ...
हुम्लाको खच्चा सडकमा सास्ती : डोजरको सहयोगमा मालबाहक ट्रक पास गर्नुपर्ने बाध्यता

हुम्लाको खच्चा सडकमा सास्ती : डोजरको सहयोगमा मालबाहक ट्रक पास गर्नुपर्ने बाध्यता

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, हुम्ला
हुम्ला – निरन्तरको सुख्खा पहिरोले हुम्लाको खच्चामा सडक नियमित सञ्चालनमा ल्याउन समस्या भएको छ । कर्णाली करिडोरअन्तर्गत हुम्लाको कुवाडीखोलाबाट खार्पुनाथसम्म नियमित रूपमा गाडी सञ्चालनमा ल्याउन सर्केगाड–१ जैरीको खच्चा सडकले अबरोध गरेको छ । नेपालगञ्ज, सुर्खेतबाट पुग्ने गरेका मालबाहक ट्रकहरु प्रायः खच्चामा रोकिनुपर्ने अवस्था छ । सडकको कच्ची भागमा नियमितजसो सुख्खा पहिरो खस्ने गरेको छ । स्थानीय होटल सञ्चालक डिलबहादुर बुढाले पहिरोले निक्कै सास्ती दिएको बताउनुभयो । सामान ल्याएर खच्चामै थन्कीदा घाटा हुने भएकाले पैसा उठाएर कामदार र डोजरलाई तिरेर सडक बनाउने गरेको सर्केगाडका व्यवसायी लक्ष्मण फडेराले गुनासो गर्नुभयो । सरकारी निकायबाट ढिलासुस्ती हुने गरेको छ । सडक मर्मतमा ढिला हुँदा सामान बिग्रने जोखिम हुन्छ । खच्चा सडक खण्डलाई नियमित गर्न बैकल्पीक सडकको व्यवस्थापन गर्न माग हुँदै आएको छ । सडक विभागब...
कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ

कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका- ७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)  कबिन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमवार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए। उनीहरूको साथबाट ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बोहोराले बताए। यस्तै, कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ। गौरीगंगा नगरपालिका–१ को गोप्कामा भैरव चन्दले सञ्चालन गरेको रोयल फेमली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको डीएसपी बोहोराले बताए। उनीहरूको साथबाट ६ थान कौडा, ७९ हजार ९११ रूपैयाँ नगद र १८ वटा मोबाइल बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
आजको मौसम : पहाडमा वर्षा, हिमालमा हिमपातको सम्भावना

आजको मौसम : पहाडमा वर्षा, हिमालमा हिमपातको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का...
पाकिस्तानको लाहोरमा प्रदूषण डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी

पाकिस्तानको लाहोरमा प्रदूषण डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी

समाचार
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ। डब्लूएचओले अस्वास्थ्यकर मानेको २४ घण्टाको अवधिमा घातक पीएम २.५ प्रदूषकको स्तर ६१० पुगेको छ। ​वायु गुणस्तर सूचकांकले प्रदूषकका दायरा १०६७ मा पुगेको जनाएको छ। लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगिर अनवरले एएफपीसँग भने, ‘हामी कहिल्यै पनि एक हजारको दायरा भन्दा माथि पुगेका थिएनौँ।’ निम्न स्तरको डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले गर्दा लाहोरलाई केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकेको छ। प्रान्तीय वातावरण संरक्षण निकायले बुधबार शहरका चार ‘हट स्पट’मा नयाँ प्रतिबन्धको घोषणा गरेको छ। मुख्य प्रदुषकको स्रोतका रूपमा लिइने ‘टू स्ट्रोक’ इन्जिनबाट चल्ने ट...
उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

समाचार
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन्। वर्ल्ड अर्बान फोरमको  कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलका नेतृत्व गर्दै उपप्रधानमन्त्री सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन्। उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाइ गरे। विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन्। अन्य देशबाट शहरी विकाससंग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ । शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्नेछन्।  त्यसक्रममा उनले नेपालले वस्ती विकासका क्रममना भोगेका समस्या र हासिल गरेको उपलब्धी तथा जलवायु परिवर्तनका कारण  भोगिर...
प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान, कार्यवाहकको जिम्मा टेकप्रसादलाई

प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान, कार्यवाहकको जिम्मा टेकप्रसादलाई

समाचार
१८ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार बेलायत प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान गरेका हुन् । नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले समेत महासभामा भाग लिनेछन् । इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ । उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद रण...
अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते

समाचार
अछामः अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। घाइते हुनेमा ढकारी गाउँपालिका–१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, उनका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन्। यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा घाइते भएका छन्। विज्ञापन उक्त दुर्घटनामा घाइते भएकामध्ये निधार, कम्मर र खुट्टामा चोट भएका दिनेश रिमाल र टाउको र घाँटीमा चोट लागेको धने टमट्टालाई थप उपचारका अन्यत्र लगिएको र अन्यको ढकारी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ। ढकारीको चाइराबाट परालसहित ११ जना सवार सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनमा दुर्घटना भएको हो। पराल बोकेर आइरहेको ट्याक्टर राउलासैनको मोडमा पछाडिको ट्राली पल्टिएर दुर्घटना भएको अछ...
बझाङमा अरिङगालको टोकाइबाट दुई बालबालिकाको मृत्यु

बझाङमा अरिङगालको टोकाइबाट दुई बालबालिकाको मृत्यु

समाचार
बझाङः बझाङमा अरिङगालको टोकाइबाट दुई बालबालिकाको मृत्यु भएको छ। जिल्लाको थलारा गाउँपालिका २ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातिको मृत्यु भएको हो। अरिङगालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष रबिन्द्र खातीले बताए। विज्ञापन उनका अनुसार घाइते हुनेमा ७ वर्षीया सुमि खाती उनकि आमा डम्मरा खाती र बजै रहेकि छिन्। उनिहरुको रायल प्राथमिक स्वास्थ चौकीमा उपचार भैरहेको छ। शनिवार दिउसो १२ बजे तिर घर नजिकै घाँस काट्ने क्रममा अरिङालले उनिहरुलाई टोकेको अध्यक्ष खातीले जानकारी दिए। मृतक र घाईत सवै एकै परिवरका सदस्य हुन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज