महेन्द्रनगरमा शैक्षिक प्रविधि सम्बन्धी छलफल कार्यक्र सम्पन्न
कञ्चनपुर- कञ्चनपुरमा शैक्षिक प्रविधि सम्बन्धी छलफल कार्यक्र सम्पन्न भएको छ ।
नोट स्विफ्ट प्राइभेट लिमिटेडले आयोजना गरेको उक्त तालिम आज महेन्द्रनगरमा सम्मान भएको हो
नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरणको उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
नेपालको शिक्षा क्षेत्रको भविष्यका लागि भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखाका प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेद एपका निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ, तथा नोट स्विफ्ट प्राइभेट लिमिटेडका संस्थापक एवं (सिइओ) विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियोे ...












