Advertisement

बझाङको दुर्गम गाउँपालिका साईपालमा शैक्षिक सामाग्री वितरण

Advertisement

बझाङ : सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे दुर्गम बस्ती साईपालमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

करिव ३/४ दिनको पैदल यात्रा हिडेर पुगिने स्थानीयसरकार साईपाल गाउँपालीकामा समाजसेवी बिष्णु ऐडीकाे पहलमा साइपाल गाउँपालिका भ्रमण गर्दै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको युवा नेता प्रेम राेकायाले बताए ।

नेपाली काङ्ग्रेसका नेता बिष्णु ऐडी लगायतकाे टाेलिले बिहिबारबाट बझाङ जिल्लाको अत्यन्तै विकट साइपाल गाउँपालिका भ्रमण संगै विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग स्वरुप वितरण गर्ने अभियान सुरु गरेको सँगसँगै रहेका खप्तड छान्नाका युवा नेता सराेज राेकायाले बताउनु भयाे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायिक महासंघ केन्द्रिय सचिव शम्भु लामिछाने र केन्द्रिय सदस्य योगेन्द्र बहादुर शाहीको आर्थिक सहयोगमा समाजसेवी बिष्णु ऐडीले गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण अभियान सुरु गरेका हुन ।

अभियानको पहिलो दिन साइपाल गाउँपालिका वडा नम्बर १ धलाैन स्थित साइपाल बालविकास केन्द्रका १०२ जनालाई वितरण गरेका थिए भने धलाैन माध्यमिक विद्यालयका १२५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन । सामाग्री कक्षा १,२ र ३ मा पढ्ने बालबालिकालाई प्रति विद्यार्थी दुई कापी १ पेन्सिल वितरण गरिएको छ ।

कक्षा ४ र ५ मा पढ्ने बालबालिकालाई प्रति विद्यार्थी दुई कापी र १ डट्पेन वितरण गरिएको नेपाली काङ्ग्रेसका नेता कलक थापाले कामना अनलाइन मिडियालाई जानकारी दिनु भयाे । अभियानका क्रममा गाउँपालिकाका सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिने चर्चित युवा नेता खगेन्द्र खड्काले बताउनु भयाे ।

पर्यटकीय रुपमा अति सुन्दर साइपाल गाउँपालिका घुम्न जाने क्रममा खाली हात जानुभन्दा विद्यार्थीलाई मायाको चिनो स्वरुपमा शैक्षिक सामाग्री वितरण गरिएको समाजसेवी ऐडीले बताए । उनले भौगोलिक रुपमा विकट तर अत्यन्तै सुन्दर साइपाल गाउँपालिका घुम्ने र शैक्षिक सामाग्री वितरण गरेर बालबालिकाको पढाईमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम थालिएको बताउनुभयो ।

एडीले सुरु गरेको शैक्षिक सामाग्री वितरण अभियानमा नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायिक महासंघ केन्द्रिय सचिव शम्भु लामिछाने र केन्द्रिय सदस्य योगेन्द्र बहादुर शाहीले कापी उपलब्ध गराएका थिए । भने साइपाल गाउँपालिकाका पुर्व अध्यक्ष राजेन्द्र धामीले ४ सय पेन्सिल र ४ सय डटपेन उपलब्ध गराएका छन् ।

सामाग्री वितरण अभियानमा नेपाल तरुण दल केन्द्रिय सदस्य खगेन्द्र खड्का, जिल्ला सचिव कलक थापा, साइपाल गाउँपालिकाका पुर्व अध्यक्ष राजेन्द्र धामी, साइपाल गाउँपालिका नेवि संघ सभापति प्रेम रोकाया,खप्तड छान्ना नेवि संघ सभापति सौरभ रोकाया,राप्रपा नेपालका जिल्ला अध्यक्ष किशोर भण्डारी सहभागि छन् । त्यस्तै समाजसेवी युवाहरु प्रशान्त बोहरा,पारस बोहरा,अशोक पुजारा,राजेश बोहरा, हिक्मत खड्का रहेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज