Advertisement

उपचुनाव : दलहरुका आ–आफ्नै उम्मेदवार, माओवादी र कांग्रेसबाट टुंगो लाग्न बाँकी

Advertisement

कैलाली : आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ (क) मा मुख्य दलहरुका आ–आफ्नै उम्मेदवार हुने भएका छन् । सत्तारुढ पाँच दलले समेत छट्टाछुट्टै उम्मेदवारी दिँदैछन् । एमाले, रास्वपा र एकीकृत समाजवादीले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् भने माओवादी र जसपाबाट टुंगो लाग्न बाँकी छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसबाट पनि उम्मेदवार चयन हुन बाँकी छ । एमालेले इलाममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिफारिस भएका अरु उम्मेदवारले समर्थन गरेपछि रास्वपाले हिजो लिम्बूको नाम टुंगो लगाएको हो ।

एकीकृत समाजवादीले इलाम–२ मा जितबहादुर राई र बझाङ–१ (क) मा वीरबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । इलाममा पहिचानवादी पक्षधरबाट डकेन्द्रसिंह लिम्बू र प्रेमदीप थाम्सुहाङले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

माओवादीले इलाम–२ मा धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ । यीमध्येबाट एकजनाको नाम टुंगो लगाउने तयारी भैरहेको माओवादीले जनाएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसले इलाम–२ मा डम्बर खड्का, भेषराज आचार्य र केशव थापामध्ये एकजनालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज