Advertisement

झूटको सहारामा गल्ती ढाकछोप गर्न नवदुर्गा गाउँपालिकाको विज्ञप्ती : यस्तो छ वास्तविकता 

Advertisement

डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एउटा विद्यालय भवन निर्माणमा भएको लापरबाहीका विरुद्ध लेखिएको समाचारमा उल्टै विज्ञप्ति निकालेको छ । केही दिन अघि कामना टेलिभिजनले स्थलगत रिपोर्टिङ गर्दा सोही गाउँपालिका – ३ मा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा निर्माणाधीन भवनमा चरम लापरबाही भेटिएको थियोे । सो लापरबाही र त्यहीँका स्थानीयको संवाद सहितको भिडियो कामना टेलिभिजनले प्रशारण समेत गरेको थियो । 

कामना टेलिभिजनले केही दिन अघि प्रशारण गरेको भिडियो :

भवन निर्माणका क्रममा कमसल सामाग्री प्रयोग गर्नुका साथै मापदण्ड विपरीत रहेको विद्यालयका प्रधानाध्यापक उमेश राज उप्रेतीले स्विकारेका थिए । 

यस्तै भवन अनुगमनको जिम्मा पाएका गाउँपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटीले समेत कमजोरी बाहिर ल्याउनुको सट्टा लुकाउन ख‍ोजेको भेटिएको थियोे । 

उक्त भवन निर्माणको लागि विद्यालय व्यवस्थापन समितिले जिम्मा लगेको थियोे । तर विद्यालय व्यवस्थापन समितिसँग कुनैपनि सहकार्य नगरेर  स्कुलको पदिय सचिव रहेका प्रधानाध्यापक उप्रेतीले मनोमानी ढंगले  भवन बनाएको स्थानीयको आरोप छ । 

भवनमा झ्यालढोका मापदण्ड विपरीत भएको नवदुर्गा गाउँपालिकाका सब इन्जिनियर आशुतोष जोशीले समेत  बताए ।भवन निर्माणमा चरम लापरबाही भएको कुरा कामना टेलिभिजनको रिपोर्टमा प्रष्ट रहेको र निर्माणमा संलग्न व्यक्तिले कमजोरी स्विकारे पनि गाउँपालिकाले भने उल्टै सञ्चारमाध्यम विरुद्ध विज्ञप्ति जारी गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद जोशीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा कमजोरी स्विकार गर्नुको सट्टा आफू सत्य भएको र सञ्चारमाध्यमलाई विभिन्न लाञ्छना लगाएइएको छ ।

स्थानीय सरकारले शिक्षा क्षेत्रका बेथिति, समस्याहरुलाई उजागर समाधान गर्नुको सट्टा राजनीतिक आडमा ढाकछोप गर्ने कार्य राम्रो नभएको अभिभावकहरुको भनाइ छ।

कामना टेलिभिजनले प्रशारण गरेको भिडियोको लिंक :

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज