Advertisement

हाम्रो बारेमा

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट' सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर गाउँपालिकाका विभिन्न वडा तथा गाउँहरू रातभर अन्धकारमय बनेका छन्। हिजो अपराह्न ४ बजेदेखि अवरुद्ध भएको विद्युत सेवा आज बिहान समाचार तयार पार्दासम्म (बिहान ८:१५ बजे) पनि सञ्चालनमा आउन सकेको छैन। ​प्राविधिक समस्याका कारण एउटा फेसमा बत्ती आउने र अर्को फेसमा पूर्ण रूपमा बत्ती नहुँदा धैरेनी, मैनपोखरी, मनकापुर, लगायतका गाउँका सर्वसाधारणले रातभर सास्ती खेप्नु परेको छ। ​कर्मचारीको आलटाल र गैरजिम्मेवारपन ​विद्युत सेवा अवरुद्ध भएपछि समस्या समाधानका लागि स्थानीयवासीले 'लाइट नो लाइट' शाखामा पटक-पटक सम्पर्क गर्दा कर्मचारीहरूले गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिने गरेको पाइएको छ। ​जोशीपुर ७ धेरेनीकी स्थानीय पार्वती बोहरा का अनुसार हिजो साँझ करिब ४ बजे नै विद्युत प्रावि...
संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवार विद्युत सेवाबाट वञ्चित् रहेका हुन । राज्यले हरेक नागरिकलाई आधारभूत सेवा सुविधाको पहुँचमा पु¥याउने विभिन्न प्रतिबद्धता जनाउँदै आएको छ। संविधानले समेत नागरिकका आधारभूत आवश्यकतासँग जोडिएका अधिकार सुनिश्चित गरेको छ । सरकारले नीति तथा कार्यक्रममा विद्युतको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै आएको भए पनि काँडा टोलका नागरिक विद्युत सेवाबाट वञ्चित रहेकोे बताउँछन् । उक्त क्षेत्रको काँडा, तर्सनी, गल्थेभेरा र देउली बस्तीका स्थानीय बासिन्दा लामो समयदेखि विद्युतको पर्खाइमा छन्। जिल्लाका अधिकांश क्षेत्रमा विद्युत सेवा विस्तार भइरहँदा आफूहरू भने अझै उज्यालोको पहुँचबाट बाहिर रहेको स्थानीयको गुनासो छ। विद्युत नहुँदा दैनिक जनजीवनसँगै बालबालिकाको पढाइ, सञ्चार, सूचना प्...
गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचारिक उद्घाटन नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले गरेका छन्। एक विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेल, उपप्रमुख भोजबहादुर बम, वडा नं. १ का अध्यक्ष डबल दियाकोटी, चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशी, युवा व्यवसायी चक्र रावल, जनक मल्ल, नरेन्द्र स्मृति प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रताप सिंह, उमेश जोशी लगायतको उपस्थिति थियो। फार्ममा माछापालन, बाख्रापालन, कुखुरापालनसँगै विभिन्न कृषि उत्पादनसम्बन्धी गतिविधि सञ्चालन गरिने सञ्चालक किरण मल्लले जानकारी दिए। कृषि, पशुपालन र मत्स्यपालनलाई एउटै प्रणालीमा जोडेर उपलब्ध स्रोतको अधिकतम उपयोग गर्ने अवधारणासहित फार्म स्थापना गरिएको मल्लले बताए। उनका अनु...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको शान्निकोट सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको एकमहिने सो तालिम सम्पन्न भएको हो । समुहमा आवद्ध उपभोक्ताहरूलाई आयआर्जनसँग जोड्न साउन ६ गतेदेखि भदौ १० गतेसम्म ३० जनालाई ब्युटिपार्लर तालिम प्रदान गरिएको जनाइएको छ । तालिममा सहभागीहरूले ब्युटिपार्लर सम्बन्धी सीप तथा व्यावहारिक ज्ञान हासिल गरेका थिए। वन समुहले तालिममा सहभागीहरूलाई सीप सिकेको प्रमाणपत्रसमेत प्रदान गरेको छ। सीपमूलक तालिममार्फत स्थानीय महिलाहरू तथा युवाहरूलाई स्वरोजगार र आयआर्जनसँग जोड्न तालिमको आयोजना गरिएको आयोजक धारणा छ । यस्ता तालिमले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै परम्परागत सीपलाई व्यवसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको वनका अध्यक्ष बहादुर खड्काले बताए । वन उपभोक्त...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता दिपक साउँद कोहलपुर पुगेका छन्। भदौ १८ गते गाउँ नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी साउँदको उपचार हाल कोहलपुर मेडिकल कलेजमा भइरहेको छ। नेता साउँदले मेडिकल कलेजमै पुगेर उपचारमा संलग्न चिकित्सक तथा घाइते साउँदका परिवारजनसँग भेट गरी उनको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन्। उनले घाइते साउँदको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेता साउँदसँगै माया मेट्रो अस्पताल धनगढीका मेडिकल निर्देशक तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. मोहन साउँद, अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद र वरिष्ठ सर्जन डा. विनय तिमिल्सैना लगायतको टोली पनि कोहलपुर पुगेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते ...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ । पालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भदौ २२ गते सोमबारका दिन सार्वजनिक विदा दिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर रावतको हस्ताक्षरित सूचनामा भनिएको छ, यश पालिकाको गौरव मौलिक धार्मिक एवम् सांस्कृतिक पर्व बिर्सती मेला २०८३ को अवसर विदा यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण सरकारी तथा शौक्षिक संस्थाहरुमा सार्वजनिक विदा हुने व्यहोरा सूचित गरिन्छ ।...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

Breaking News 1, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग आवश्यक सहयोग माग गरिएको छ। अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरासहितको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै सुरक्षित बसोबासको व्यवस्था गर्न आग्रह गरेको हो। ज्ञापनपत्रमार्फत पहिरोका कारण क्षतिग्रस्त पदमार्गलगायत स्थानीय संरचनाको पुनर्निर्माण गर्न तथा भविष्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ। गाउँपालिका अध्यक्ष बोहराका अनुसार मुख्यमन्त्री भट्टले प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले गर्न सक्ने आवश्यक सहयोग...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको रौनक छाएको छ। प्रत्येक वर्ष भदौ १८ गतेदेखि सुरु हुने बिस्सती जात अर्थात् बिर्सती मेला अहिले थलिनौबिस क्षेत्रमा विशेष उल्लासका साथ मनाइँदैछ। भदौ १८ गते साँझ लेकगाउँ र दौलाको दैपाण अर्थात् देउघरमा पूजा-आराधना सुरु गरेपछि बिर्सती मेला प्रारम्भ भएको मानिन्छ। बिर्सती मेला कुनै तिथि वा पक्षका आधारमा नभई हरेक वर्ष भदौ १८, १९, २० र २१ गते मनाउने परम्परा रहेको स्थानीय बताउँछन्। सुदूरपश्चिमकै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बिर्सती मेला पुनर्मिलन र सामूहिक सामाजिक स्मृतिको वार्षिक पर्वका रूपमा समेत स्थापित रहेको स्थानीयको भनाइ छ। महालिङ्ग, दुर्गा देवी र पाठपाला देउताका आलिपालिका करिया तथा भक्तजनहरूले परापूर्वकालदेखि नै यो मेला मनाउँदै आएका छन्। मेलाको अवधि...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्टमी आज विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइँदैछ। गौरा पर्वका अवसरमा सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईका विभिन्न क्षेत्रमा रहेका पहाडी समुदायमा चहलपहल बढेको छ। रोजगारी तथा अध्ययनका लागि बाहिर रहेका धेरै मानिस पर्व मनाउन गाउँ फर्किएपछि गाउँघरमा थप रौनक देखिएको छ। गौराको सुरुवात भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाएर गर्ने परम्परा छ। महिलाहरूले व्रत बसेर केराउ, गहत, गहुँ, मास र गुरौस लगायत पाँच प्रकारका अन्न मिसाएर बिरुडा भिजाउने गर्छन्। त्यसैले पञ्चमीलाई ‘बिरुडा पञ्चमी’का रूपमा समेत चिनिन्छ। षष्ठीका दिन भिजाइएको बिरुडा धारा, पोखरी वा तलाउमा लगेर धुने तथा सप्तमीका दिन गौरा देवीलाई मठमन्दिरमा भित्र्याएर पूजा गर्ने चलन छ। विवाहित महिलाले यस अवसरमा...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३८ लाख ४ सय ३८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको २०८३ भाद्र १८ गते बसेको कार्यपालिका बैठकले विपद् प्रभावित नागरिकप्रति मानवीय सहयोग तथा ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोका कारण रसुवा जिल्लामा जनधनको क्षति तथा नागरिक प्रभावित भएपछि उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउ नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। गौरीगङ्गा नगरपालिकाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको मानवीय दायित्वसमेत भएकाले विपद् पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरेको हो।...
बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-१ रायलमा रहेको गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत बिद्यार्थीलाई पोशाक प्रदान गरिएको छ । कैलालीमा रहेको सुदूरपश्चिमकै बहुचर्चित शैक्षिक संस्था चैतन्य पाठशालाले उपलब्ध गराएको पोसाक विद्यार्थीहरूलाई प्रदान गरिएको हो। बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर मल्लले विद्यार्थीहरूलाई पोशाक प्रदान गरेको शिक्षक गजेन्द्र जप्रेलले जानकारी दिए। सहयोगी संस्था चैतन्य पाठशालालाई कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुर्‍याउने महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै विद्यालय परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको थियो । शिक्षक गजेन्द्र जप्रेलका अनुसार उक्त सहयोगका लागि आकांक्षा कपडा बैंकका संस्थापक पूर्णबहादुर मल्लको विशेष पहल रहेको छ। विद्यालय परिवारले विद्यार्थीको हितमा गरिएको यस ...
बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारिएको छ। मेला नजिकिँदै गएसँगै मेला मूल आयोजक समिति, स्थानीय युवा, खेलाडी, समाजसेवी तथा स्थानीयवासी तयारीमा जुटेका छन्। परम्परादेखि मनाइँदै आएको बिरीजात मेला यस वर्ष विगतका वर्षभन्दा फरक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको मेला मूल आयोजक समितिले जनाएको छ। विगतमा मुख्यतः देउडा, ढाँके नाच, भलिबल तथा क्रिकेटजस्ता गतिविधिमा सीमित हुँदै आएको मेलामा यस वर्ष खेलकुद प्रतियोगितादेखि राष्ट्रियस्तरका कलाकारको प्रस्तुति र सांस्कृतिक कार्यक्रमसम्म समेटिने भएका छन्। यसकारण पनि यसपटकको बिरीजात मेलालाई स्थानीयले सामान्य मेलाभन्दा माथि उठेर ‘सानो महोत्सव’कै रूपमा लिन थालेका छन्। मेलालाई सभ्य, भव्य, मर्यादित र अविस्मरणीय बनाउन स्थानीयस्तरबाट आर्थिक, भौतिक तथा नैतिक सहयोगस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज