Advertisement

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

Advertisement

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हुने भएको छ। तीनै देशका शीर्ष नेताबीच दोस्रो विश्वयुद्धपछि पहिलोपटक यस्तो बैठक हुन लागेको दाबी गरिएको छ।

यसअघि बुधबार राति चीनको सेन्जेनमा तीनै नेताबीच भेट भएको थियो। चीन पुगेका ट्रम्प र पुटिनलाई राष्ट्रपति सीले स्वागत गरेका थिए। त्यसक्रममा तीनै नेता रातो कार्पेटमा सँगै देखिएका थिए।

यो भेटलाई रुसी सञ्चारमाध्यमले विशेष कूटनीतिक घटनाका रूपमा प्रस्तुत गरेका छन्। केही सञ्चारमाध्यमले तीन नेताको सामूहिक उपस्थितिलाई दिनकै महत्त्वपूर्ण दृश्यका रूपमा चर्चा गरेका छन् भने रुसी सरकारी समाचार एजेन्सीले यसलाई ‘ऐतिहासिक हस्तमिलन’ को संज्ञा दिएको छ।
चीनको कूटनीतिक प्रभाव विस्तार गर्ने अवसर
यो बैठकलाई चीनले अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव र भूमिका थप बलियो बनाउने अवसरका रूपमा लिएको विश्लेषण गरिएको छ। विशेषगरी अमेरिका र रुसजस्ता शक्तिशाली राष्ट्रलाई एउटै वार्ताको मञ्चमा ल्याउन सक्ने देशका रूपमा आफूलाई प्रस्तुत गर्ने चीनको रणनीति यस भेटसँग जोडिएको छ।

राष्ट्रपति सी चिनफिङले आफ्नो नेतृत्वमा चीनको अन्तर्राष्ट्रिय प्रभाव बढेको र विश्वका प्रमुख शक्तिहरूले चीनलाई महत्त्व दिएको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।
विमानस्थलमै पुगेर ट्रम्पलाई स्वागत
चीनका राष्ट्रपति सी चिनफिङले बुधबार राति चीन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए।

ट्रम्पको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो। सीले ट्रम्पसँग हात मिलाउँदै आत्मीयता प्रदर्शन गरेका थिए। चिनियाँ राष्ट्रपतिले विदेशी समकक्षीलाई विमानस्थलमै पुगेर स्वागत गर्नु विशेष कूटनीतिक संकेतका रूपमा हेरिएको छ।

यसअघि अमेरिका भ्रमणका क्रममा सीलाई ट्रम्पले पनि विमानस्थलमै पुगेर स्वागत गरेका थिए। अहिले सीले त्यसैगरी स्वागत गरेर कूटनीतिक सम्मानको प्रत्युत्तर दिएको विश्लेषण गरिएको छ।

बुधबारको स्वागत समारोहमा ट्रम्प र पुटिनबीच पनि हात मिलाएर कुराकानी भएको थियो। अगस्ट २०२५ मा अलास्कामा भएको शिखर सम्मेलनपछि उनीहरूबीचको यो पहिलो प्रत्यक्ष भेट हो।

आज हुने त्रिपक्षीय वार्तामा विश्व शान्ति, रणनीतिक स्थिरता र आणविक हतियार न्यूनीकरणलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सम्पादकीय नोट: उपलब्ध पछिल्लो विवरणअनुसार बुधबार रातिको कार्यक्रम औपचारिक त्रिपक्षीय बैठक नभई स्वागत समारोह थियो। औपचारिक वार्ता आज नोभेम्बर १९ मा हुने तय छ। त्यसैले मूल सामग्रीमा रहेको ‘ऐतिहासिक अँगालो’ र ‘ऐतिहासिक हस्तमिलन’ सम्बन्धी विवरणलाई सच्याइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज