पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारबारे आज पनि छलफल
काठमाडौं- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे आज (शुक्रबार) पनि छलफल जारी रहने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिनभर र रातभर नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा कार्की र संविधानविद्हरुसँग व्यापक छलफल गरेका थिए। तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि निष्कर्षमा पुग्न सकेन। यस कारण शुक्रबार बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुने भएको हो।
विश्वसनीय स्रोतका अनुसार, सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा भने सहमति जुटिसकेको छ। तर संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री हुन संसद् सदस्य हुनुपर्ने भएकाले वैकल्पिक उपायबारे राष्ट्रपति पौडेलले विज्ञसँग राय लिएका छन्।
जेनजी युवाहरूले संसद् विघटनलाई आफ्नो आधाररेखा (बटमलाइन) बनाएका छन्। उनीहरूको तर्फबाट अधिवक्ता ओमप्...











