Advertisement

सुदूरपश्चिममा रेबिज संक्रमण तीव्र, चालु वर्षमै १३६ नमुनामा पुष्टि

Advertisement

धनगढी- सुदूरपश्चिममा रेबिजको संक्रमण वर्षैपिच्छे तीव्र बन्दै गएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएका १७० नमुनामध्ये १३६ मा रेबिज पुष्टि भएको छ।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी संक्रमण कैलालीमा भेटिएको छ, जहाँ ९८ मध्ये ७८ नमुना पोजिटिभ देखिएका छन्। त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, डोटीमा आठमध्ये छ र बझाङमा संकलित तीनवटै नमुनामा संक्रमण पुष्टि भएको छ।

जोशीका अनुसार संक्रमण फैलाउने प्रमुख स्रोत कुकुर रहेका छन्। परीक्षण गरिएका ८७ कुकुरमध्ये ७२ मा रेबिज देखिएको छ। यस्तै भैंसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका दुई, बंगुरका सातमध्ये पाँच र खरायोको एक नमुनामा समेत संक्रमण पुष्टि भएको छ।

२०७६/७७ बाट सुरु गरिएको अन्वेषणमा सुरुमा दुई नमुनामात्र पोजिटिभ भेटिएका थिए। तर सो संख्या २०७९/८० मा ३९, २०८०/८१ मा १५७ पुगेर चालु वर्ष पुनः १३६ मा कायम भएको छ। यसले संक्रमण बढ्दो क्रममा रहेको देखाउँछ।

“रेबिज लागेपछि उपचार सम्भव हुँदैन, त्यसैले रोकथाममै जोड दिनुपर्छ,” चिकित्सक जोशीले भने। उनका अनुसार संक्रमणपछि पानी पिउन गाह्रो हुने, पानीसँग डर लाग्ने, ज्वरो आउने र स्मरण शक्ति हराउनेजस्ता लक्षण देखिन्छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ, जसमा ९५ प्रतिशत अफ्रिका र एसियामा हुने गरेका छन्। नेपालमै हरेक वर्ष करिब एक लाख मानिस जनावरको टोकाइमा पर्ने र १५ देखि ३६ जनाको मृत्यु हुने तथ्याङ्क छ।

जोशीका अनुसार सामुदायिक कुकुरलाई नियमित खोप लगाउन सके नेपालमा पनि रेबिज नियन्त्रण सम्भव हुन्छ। विश्व रेबिज दिवस–२०२५ का अवसरमा धनगढीस्थित प्रयोगशालाले सामुदायिक कुकुरलाई खोप लगाउने अभियान चलाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज