Advertisement

दशैं विदामा कार्यालयका सवारी साधन प्रयोगमा रोक, असोज १२ भित्र फिर्ता गर्न थलारा गाउँपालिकाको निर्देशन

Advertisement

बझाङ- बझाङको थलारा गाउँपालिकाले दशैं विदाको अवधिमा कार्यालयका सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको छ। गाउँपालिकाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
पालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रयोग गर्दै आएका सबै सवारी साधन असोज १२ गतेभित्र अनिवार्य रूपमा स्टोरमा फिर्ता गर्नुपर्ने समेत भनेको छ । गाउँपालिकाले यस्तो कदम सार्वजनिक सवारी साधनको दुरुपयोग रोक्न, खर्च नियन्त्रण गर्न र सरोकारवाला निकायबीच पारदर्शिता कायम गर्नका लागि उठाएको जनाएको छ। स्थानीय सरकारका अनुसार दशैं जस्ता चाडपर्वमा कार्यालयका सवारी साधन व्यक्तिगत प्रयोजनमा प्रयोग हुने गुनासो पटक–पटक आइरहेकाले यसपटक कडाइ गरिएको हो।
कार्यालयको सवारी साधन जनप्रतिनिधि वा कर्मचारीले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ। त्यसैले प्रयोगमा रहेका सबै सवारी असोज १२ गतेभित्र अनिवार्य रूपमा स्टोरमा बुझाउन आग्रह जनाइएको छ ।
यो आर्थिक वर्षमा कार्यालयका सवारी साधन प्रयोग नगर्न निर्देशन दिने थलारा गाउँपालिका पहिलो बनेको छ। पालिकाले कार्यालयका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नदिए सरकारी सम्पत्तिको संरक्षण टिकाउ बन्ने विश्वास लिएको छ । यस्तै कार्य अन्य स्थानीय तहले पनि लागू गर्न आवश्यक छ  ।

बझाङका अधिकांश स्थानीय तहका सवारीसाधन व्यक्तिगत प्रयोजन र दुरुपयोग भएको प्रस्ट देखिन्छ । तर रोकथाम र नियन्त्रण तर्फ भने नत प्रशासनको ध्यानाकर्षण भएको छ नत सम्बन्धित कार्यालयको नै ध्यानाकर्षण भएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज