Advertisement

आज दशैंको चौथो दिन: कुष्माण्डा माताको पुजा आराधना गरिँदै

Advertisement

नेपालीहरूको महान् पर्व बडा दशैंको चौथो दिन आज देशभर शक्तिपीठ, देवी मन्दिर तथा घर–घरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा आराधना भइरहेको छ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी र सृष्टिको प्रतीकका रूपमा पूजा गरिन्छ। ग्रन्थअनुसार त्रिविध तापलाई उदरमा धारण गरी संसारको सृष्टि गर्ने शक्तिका रूपमा देवीको आविर्भाव भएको उल्लेख छ। उष्णता र शीतलतालाई सन्तुलनमा राखी सृष्टि सञ्चालन गर्ने क्षमता उनीसंग रहेको मानिन्छ।

शास्त्रमा कुष्माण्डा देवीलाई उष्ण र शीत रक्तसमूहका प्राणीहरूको सृष्टिकर्ता माता भनिएको छ। देवीको वदन वर्ण वैजनी छ भने उनी सिंहमा आरूढ भएकी छन्। उनका हातमा रक्तपूर्ण दुई घडा रहेका छन्।

देवीभागवत् ग्रन्थमा कुष्माण्डा माताले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई तापशक्ति प्रदान गरेको र अन्य ग्रहसहित सम्पूर्ण सौरमण्डलको रचना गरेको उल्लेख छ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो। उष्ण हावापानीमा हुर्किने तर भित्री गुण शीतप्रद हुने यो फललाई देवीको प्रतीक मानिन्छ। दशैंमा कुभिण्डाको पूजाआजा गर्ने र शक्तिपीठ तथा देवी मन्दिरहरूमा विधिपूर्वक पूजा गरी बलि चढाउने परम्परा रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज