Advertisement

हाम्रो बारेमा

नीड्स नेपालद्वारा मष्टा गाउँपालिकामा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

नीड्स नेपालद्वारा मष्टा गाउँपालिकामा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

बझाङ
नीड्स नेपाल (NEEDS Nepal) ले बझाङको मष्टा गाउँपालिका, भातेखोला, बझाङमा बालबालिकाका लागि सार्वजनिक वृत्त तथा नागरिक सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मष्टा गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा यूरोपियन युनियन, संयुक्त राष्ट्र संघ तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको सहयोग रहेको थियो । कार्यक्रमका प्रशिक्षक विश्व कोइरालाले बालबालिकाका अधिकार, सामाजिक सुरक्षा कार्यक्रम, नागरिक सहभागिता र उत्तरदायित्वबारे विस्तृत जानकारी गराउनुभयो । उहाँले बालमैत्री वातावरण निर्माणका लागि स्थानीय तह, समुदाय र अभिभावक सबैको साझा जिम्मेवारी हुनेमा जोड दिनुभयो । कार्यक्रम सञ्चालन नीड्स नेपालका लक्ष्मण चलाउनेले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले गर्नुभएको थियो । स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका सदस्य तथा सामुदायि...
जेनजीकाे हमला दिदै अनलाइनखबरकर्मी विष्टलाई  उपमेयरका छाेराले दिए धम्की

जेनजीकाे हमला दिदै अनलाइनखबरकर्मी विष्टलाई  उपमेयरका छाेराले दिए धम्की

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जेनजी आन्दोलनको बलमा बैतडीकाे दशरथ चन्द नगरपालिकाकि उपमेयर काैशिला चन्दका छाेरा विशाल चन्दले अनलाइनखबरकर्मी जनक विष्टलाई धम्की दिएका छन् । जेनजीकाे हमला दिदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफाेन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चाैतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयाेग गरेर धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका- १३ का नवराज कार्कीकाे माेबाईल प्रयाेग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् । जेनजीकाे हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारवाहीकाे माग गर्दै तिनै जनाकाे नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । २४ भदाैकाे राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा विष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटाैँ भनेर कुराकानी गरेका थिए...
आज संविधान दिवस

आज संविधान दिवस

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गर्नुभएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। यस वर्ष संविधान घोषणाको एक दशक पूरा भएको छ। सरकारले देशको राजनीतिक परिवर्तनको आधार बनेको संविधानलाई उत्सवका रूपमा मनाउन आह्वान गरेको छ। गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीका अनुसार आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ। सो अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायत भव्य कार्यक्रम भने न्यून हुने भएका छन्। संविधान कार्यान्वयनपछिका उपलब्धि, कमीकमजोरी तथा चुनौतीबारे बहस, छलफल र अन्तरक्रिया हुने भनिए पनि पछिल्ला आन्दोलनका कारण त्यस्ता...
धनगढीमा १८ हजार बढी इम्बोस नम्बर प्लेट जलेर नष्ट, चार करोड ५० लाखको क्षति

धनगढीमा १८ हजार बढी इम्बोस नम्बर प्लेट जलेर नष्ट, चार करोड ५० लाखको क्षति

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- यातायात विभागले धनगढीका लागि पठाएका १८ हजार १०० बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेट जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन्। सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात कार्यालय, धनगढीले असोज १ गतेबाट वितरण सुरु गर्ने तयारी गरेको थियो। तर आन्दोलनका क्रममा गोदाममा आगजनी हुँदा सम्पूर्ण नम्बर प्लेट खरानी भएको कार्यालय प्रमुख भूवन जोशीले बताए। उनका अनुसार चार करोड ५२ लाख रुपैयाँ लागतका नम्बर प्लेटसहित फर्निचर र उपकरणमा पनि करिब एक करोड ५० लाख बढीको क्षति भएको छ। तीन दिनसम्म बलिरहेको आगो निभाउन नसकिएको उनले बताए। नम्बर प्लेट नष्ट भएपछि धनगढी यातायात कार्यालयमा वितरण सेवा अवरुद्ध भएको छ।...
जेनजी आन्दोलनपछि सुदूरपश्चिमका नाकामा कडाइ, नागरिकता वा परिचयपत्र विना आवतजावत रोक

जेनजी आन्दोलनपछि सुदूरपश्चिमका नाकामा कडाइ, नागरिकता वा परिचयपत्र विना आवतजावत रोक

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जेनजी आन्दोलनपछि गौरीफन्टा, गड्डाचौकीलगायत सुदूरपश्चिमका नाकामा आवतजावतमा कडाइ गरिएको छ। भारत–नेपाल ओहोरदोहोर गर्न अब अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ। यसले दसैँ–तिहारमा घर फर्किने, किनमेल वा कामको खोजीमा भारत पस्ने नेपालीलाई सास्ती भएको छ। सरकारले यकिन तथ्यांक नजाने पनि करिब पाँच–छ लाख नेपाली भारतमा रोजगारीमा छन् भन्ने अनुमान छ। कैलाली प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार सरकारी कागजातबिना सीमा पार गर्न पूर्ण रोक लगाइएको छ। कागजात नबोक्नेहरूलाई नाकाबाटै फर्काइन्छ। दसैँ नजिकिँदै गर्दा सीमामा चहलपहल बढेको छ। कोही पर्व मनाउन घर फर्किँदै छन् भने कोही भारत पस्ने तयारीमा छन्। विगतमा सहजै पार गर्न सकिने गौरीफन्टा नाकामा अहिले परिचयपत्र अनिवार्य बोकेर मात्र ओहोरदोहोर गर्न पाइन्छ।...
मनसुन सक्रिय, आज देशभर बदलीसहित वर्षाको सम्भावना

मनसुन सक्रिय, आज देशभर बदलीसहित वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशभर सामान्यतया बदली रहेको छ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका बाँकी भूभागमा आंशिक बदली हुनेछ। ती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी ...
निड्स नेपालद्वारा कुल मष्टाजन मावीमा बाल दिवस र शिक्षा दिवस कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा कुल मष्टाजन मावीमा बाल दिवस र शिक्षा दिवस कार्यक्रम सम्पन्न

ताजा अपडेट, बझाङ, समाचार
बझाङको मष्टा गाउँपालिकामा रहेको कुल मष्टाजन मावीमा आज बिहीबार बालदिवस र शिक्षा दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र मष्टा गाउँपालिकामा अवस्थित कुल मष्टाजन मावीको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष बालक्लवका अध्यक्ष हिक्मत जेठारा रहनुभएको थियो । उहाँले बालदिवस तथा शिक्षा दिवस कार्यक्रममा सहभागीहरूलाई बालबालिकाका कार्यक्रमहरुलाई प्राथमिकता दिएको र आगामी दिनहरुमा पनि निश्पक्ष यो क्लबले निश्पक्ष कार्यक्रम गर्ने बताउनु भयो । यो कार्यक्रमले बालबालिकाहरुको क्षमता विकास , बालबालिकाका हक अधिकारहरुको बारेमा थप जानकार भएको बताएका छन् । कार्यक्रममा बिधालयका सम्पुर्ण कर्मचारी, विधार्थी, बालक्लवका विधार्थीहरु , समुदायका अभिभावक, जनप्रतिनिधिहरु र अन्य राजनीतिक दलका नेताहरुको पनि ...
बझाङमा प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी महोत्सव हुने

बझाङमा प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी महोत्सव हुने

Breaking News 1, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा प्रथम कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव हुने भएको छ। उद्योग वाणिज्य संघको आयोजनामा बझाङको पहिचान, कृषि पर्यटन र पानी , स्थानीय उत्पादन उद्यमशिलतामा लगानी भन्ने नारासहित प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सव–२०८२ हुने भएको हो। संघले जारी गरेको सूचनाअनुसार महोत्सव आगामी असोज २० गतेदेखि २९ गतेसम्म चल्नेछ। चैनपुर बजार, ठूलागडा क्षेत्रमा आयोजना हुने महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, स्थानीय परम्परागत संस्कृति र विभिन्न प्रदर्शनी हुने छन्। जिल्लामा सिलदेवी मेला हरेक वर्ष मनाईदै आएको भएपनि कृषि, पर्यटन, व्यापार मेला पहिलोपटक लाग्न लागेको हो । जिल्लाको कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रको सम्भावना उजागर गर्ने, स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने र परम्परागत संस्कृति संरक्षण तथा प्रचार गर्नका लागि प्रथम कृष...
बझाङका प्रमुख बजार क्षेत्रमा छैनन् सार्वजनिक शौचालय, यात्रु र स्थानीयलाई शौच गर्न समस्या

बझाङका प्रमुख बजार क्षेत्रमा छैनन् सार्वजनिक शौचालय, यात्रु र स्थानीयलाई शौच गर्न समस्या

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सदरमुकाम चैनपुर पछि ठूला व्यापारीक केन्द्र हुन् तमैल, झोता, देउरा, बागथला बजार । यी बजारहरूमा सरसामान किनमेल गर्ने मानिस तथा गाडीमा यात्रा गर्ने यात्रुहरूको भिडभाड हुने गरेको छ । तर विडम्बना केछ भने यी नै बजारहरूमा एउटा सार्वजनिक शौचालय समेत छैनन् । अहिले सिंगो देश नै खुल्ला दिसामुक्त घोषणा गरिसकिएको छ । मुख्य बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँनु लज्जाको विषय बनेको छ । सार्वजनिक शौचालय स्वास्थ्य संरक्षण, पर्यावरणीय स्वच्छता, सामाजिक सभ्यता,लैङ्गिक समानता र पर्यटन प्रवर्द्धनका लागि अत्यावश्यक मानिन्छ । तर केदारस्यूँ गाउँपालिकाको मुटु समेत मानिने झोता र देउरा बजारमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार आएकाहरुलाई समस्या हुने गरेको छ । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट सरकारी कामकाज तथा किनमेल गर्न तथा सामान खरिद विक्रि गर्न आउनेहरुले शौंच गर्न खुल्ला स्थान वा क...
भारतमा गाडी दुर्घटना, चार नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटना, चार नेपालीको मृत्यु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक पिकअप जिप दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। तीमध्ये तीन जना एकै परिवारका हुन्। घाइते हुनेमा नवराज शाही र हिमबहादुर शाही रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा जिप भीरमा खसेको हो। लक्ष्मी शाही र डिल्लीबहादुर शाही अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी दुई घाइतेलाई उपचारपछि डिस्चार्ज गरिएको छ। भारतीय मिडिया अनुसार दुर्घटनापछि भारतीय दण्ड संहिता अन्तर्गत मुद्दा दर्ता गरिएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको र मृतकका परिवारलाई खबर गरिएको छ। यसबीच, हिमाञ्जल प्...
आज देशभर बदली, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आज देशभर बदली, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी तथा सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
जेन-जी आन्दोलन जनताको आँसु, भविष्यको आशा- अध्यक्ष बोहरा

जेन-जी आन्दोलन जनताको आँसु, भविष्यको आशा- अध्यक्ष बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले जेन-जी आन्दोलनलाई जनताको प्रतिनिधित्व गर्ने सभ्य र लोकतान्त्रिक आन्दोलनका रूपमा व्याख्या गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत “जेन-जीको छोटो समीक्षा” शीर्षकमा लेख सार्वजनिक गर्दै आन्दोलन बाह्य हस्तक्षेपका कारण हिंसात्मक बनेको र त्यसबाट राष्ट्रले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गरेका छन्। उनले , आन्दोलनमा ७२ जनाले ज्यान गुमाए भने हजारौं घाइते भए लेखेका छन् । साथै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनलगायतका ऐतिहासिक संरचना तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको र नेताहरू र व्यापारीहरूको व्यक्तिगत सम्पत्तिमा समेत असर परेको उनले स्मरण गराए। अध्यक्ष बोहराले भने, “कुनै पनि सभ्य आन्दोलनलाई हिंसात्मक माध्यमबाट बिगार्ने प्रयास हाम्रो समाज र राष्ट्रका लागि गम्भीर षड्यन्त्र हो। त्यसकारण यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारबाह...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज