Advertisement

दसैं सकिएपछि परदेशतिर युवाको लर्को

Advertisement

धनगढी- दसैंको रौनकता मन्दिँदै जाँदा सुदूरपश्चिमका सयौँ युवा पुनः भारत फर्किन थालेका छन्। नयाँदिल्ली, मुम्बई, बैंगलोर, सुरतजस्ता सहरहरूमा श्रम गर्ने नेपालीहरू दसैं मनाउन स्वदेश फर्किएका थिए। तर तिहार नजिकिँदै गर्दा उनीहरू पुनः रोजगारीका खोजीमा भारततिर फर्कन बाध्य भएका छन्।

रोजगारीको अवसरको कमी र भारत सहजै पार गर्न सकिने सीमा भएकाले सुदूरपश्चिमका युवाको प्रमुख रोजगारी गन्तव्य भारत नै बनेको छ। हरेक वर्ष लाखौँ सुदूरपश्चिमेली भारतमा श्रम गर्न पुग्छन्, तर त्यसको आधिकारिक तथ्यांक भने छैन।

बझाङको दुर्गाथली गाउँपालिकाका ५५ वर्षीय बिर्खे धामी अहिले गौरीफन्टा नाकामा बैंगलोर जाने गाडीको प्रतीक्षामा थिए। दसैंका लागि एक महिनाको बिदा सकेर उनी पुरानै कर्मथलो फर्किँदै थिए। धामीले करिब १० वर्षदेखि बैंगलोरमा श्रम गरेर पाँच सदस्यीय परिवारको गुजारा चलाइरहेका छन्।
“घरको खेतीपातीले दुई महिनाभन्दा बढी पुग्दैन। पाँच जना छोराछोरी छन्, सबैलाई पढाउनु छ,” उनले भने, “चाडबाड सकेर परदेश जान कसलाई रहर हुन्छ र? तर बाध्यताले सबै कुरा भुलाउँछ।”

कैलालीको गौरीगंगाका भीम साउद पनि भारतको सुरत फर्किन तयारीमा छन्। उनी त्यहाँ ज्याला मजदुरी गर्छन् र त्यही आम्दानीले परिवारको खर्च चलाउँछन्। “दसैंमा परिवारसँग रमाइलो लाग्छ, तर छोडेर हिँड्दा मन भारी हुन्छ,” साउदले भने, “यो बाध्यता कहिलेसम्म हो, थाहा छैन।”

बझाङ, बाजुरा र अछामका धेरै महिला पनि रोजगारीका लागि भारततिर लागिरहेका छन्। उनीहरूले घरायसी कामदारका रूपमा खाना पकाउने, सरसफाइ गर्ने र लुगा धुने काम गरेर परिवार पाल्दै आएका छन्। कतिपयले आफ्ना सन्तानलाई समेत साथमा लगेका छन्, ताकि पढाइ र भविष्य प्रभावित नहोस्।

अत्तरिया अस्पताल, नवजीवन अस्पताल र एभरेष्ट एकेडेमी वरिपरि अहिले पनि भारत जानेहरूको भीड देखिन्छ। अत्तरिया टेक्निकल कलेज नजिकको सडकमा बस र जीपमा सामान बोकेर भारततर्फ लाग्नेहरूको लामो लाइन पाइन्छ।

दसैंमा घर फर्कन नपुगेकाहरू तिहारका लागि आउँदै छन् भने धेरैजना पुनः रोजगारीका लागि भारततिर लागिरहेका छन्। उनीहरूको साझा भनाइ एउटै छ — “स्वदेशमै रोजगारीको अवसर भए, परदेश जानुपर्ने बाध्यता हट्थ्यो।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज