Advertisement

ऐनविपरीत कैलारी गाउँपालिकाका अध्यक्षको घरमा पालिकाको खर्चमा एसी, तीन एसीसहित उपकरण जलेपछि खुल्यो रहस्य

Advertisement

धनगढी- कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमा आफ्नो निजी निवासमा तीनवटा एयर कन्डिसनर (एसी) जडान गरेको खुलासा भएको छ।

सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ विपरीत चौधरीले कैलारी गाउँपालिका–४, भितरियास्थित आफ्नै घरमा पालिकाको बजेट प्रयोग गरी एसी जडान गराएको जनाइएको छ।

अध्यक्ष चौधरीको घरमा ‘ग्री’ ब्रान्डका एक टन क्षमताका दुई थान र १.५ टन क्षमताको एक थान एसी जडान गरिएको थियो। जेनजी आन्दोलनकारीले हालै उनको निवासमा आगजनी गर्दा ती तीनै एसी जलेर नष्ट भएपछि उक्त तथ्य सार्वजनिक भएको हो।

गाउँपालिकाले आगलागीबाट भएको क्षतिको विवरण तयार पार्दा चौधरीको घरमा रहेको एसीसहित अन्य विद्युतीय सामग्री पनि पालिकाको खर्चमा जडान गरिएको उल्लेख भएको पाइएको छ। ती सामग्रीमा दुई थान २०० एएच क्षमताका ब्याट्री, चार थान सिलिङ पङ्खा र ३२० भिए क्षमताको एक थान इन्भर्टर पनि समावेश छन्। यी सबै सामग्री आगलागीमा जलेर नष्ट भएका छन्।

आन्दोलनकारीले चौधरीको घरमा आगजनी गरेपछि उनको पक्की घर समेत पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

स्थानीय तहका जनप्रतिनिधिका सेवा तथा सुविधासम्बन्धी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको ऐनमा गाउँपालिकाका अध्यक्षले निजी निवासमा सरकारी खर्चमा एसी वा अन्य यस्ता सामग्री जडान गर्न सक्ने व्यवस्था भने छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज