Advertisement

हाम्रो बारेमा

बझाङमा कारागारबाट फरार कैदीलाई नियन्त्रणमा लिन खोज्दा भीरबाट हामफाले, एक गम्भीर घाइते, अर्का पक्राउ

बझाङमा कारागारबाट फरार कैदीलाई नियन्त्रणमा लिन खोज्दा भीरबाट हामफाले, एक गम्भीर घाइते, अर्का पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेको पाइएको छ । भदौ २३ र २४ गते देशव्यापी रुपमा जेन-जी समुहले गरेको आन्दोलनका क्रममा कारागारबाट भागेका २ जना कैदीलाई बित्थडचिर गाउँपालिकाको स्याँडीबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेका हुन् । कर्तव्य ज्यान सम्बन्धि मुद्दामा सजाय भोगिरहेका जाजरकोट, भेरी नगरपालिका-४ का उदिप भनिने रोहन सुनार र चन्द्रबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिनखोज्दा २५ गते राति ११ बजेको समयमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए । उनका अनुसार हामफालेका सुनार भीरबाट करिब तीन सय मिटर तल खसेका थिए। सुनारको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ। उनी अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन । उनको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको र स्वास्थ्य अवस्था ग...
आलोक मल्टी कन्सर्न प्रालिले सरकारी कार्यालयहरूलाई फर्निचर सहयोग गर्ने 

आलोक मल्टी कन्सर्न प्रालिले सरकारी कार्यालयहरूलाई फर्निचर सहयोग गर्ने 

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– जेन-जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुग्दा सेवा सञ्चालनमा कठिनाइ आएपछि, आलोक मल्टी कन्सर्न प्रालि, धनगढी-४, चटकपुरले सहयोग गर्नेभएको छ। कम्पनीले भनेको छ, यसअघि आगलागीबाट ठुलो क्षति भोग्दा पनि आम जनसमुदाय, व्यवसायी र उद्योग वाणिज्य संघ लगायतबाट प्राप्त सहयोग र हौसलाका कारण पुनः सञ्चालनमा फर्किन सफल भएको छौ । यस सहयोगी भावनाको कदर गर्दै, कम्पनीले समाज, समुदाय र राष्ट्रिय हितप्रति आफ्नो प्रतिबद्धता देखाउँदै सरकारी कार्यालयहरूको सहज सञ्चालनका लागि फर्निचर उपलब्ध गराउने निर्णय गरेको हो। आलोक मल्टी कन्सर्न प्रालिले “समाज, समुदाय र राष्ट्रिय हितका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्न” अठोट जारी राखेको र आगामी दिनमा पनि यस्ता सहकार्यका कार्यक्रमलाई निरन्तर बढाइने जनाएको छ।...
आज देशभर बदली, गण्डकी-लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

आज देशभर बदली, गण्डकी-लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अरब सागर र बंगालको खाडीबाट आएका जलवाष्पयुक्त हावाको प्रभावमा आज देशभर सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका पहाडी भू–भागका केही र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। लुम्बिनी प्रदेशसहित पहाडी भू–भागका धेरै स्थानमा र तराईका केही स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ। मौसमविद् गोविन्द झाका अनुसार, दिउँसो र रातिसम्म हल्का वर्षा भइरहने भए पनि भारी वर्षाको सम्भावना भने छैन। “दिनभर निर...
जेन-जी आन्दोलनमा भागेका ३ हजार बढी कैदी पक्राउ, अझै १० हजारभन्दा बढी फरार

जेन-जी आन्दोलनमा भागेका ३ हजार बढी कैदी पक्राउ, अझै १० हजारभन्दा बढी फरार

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- जेनजी आन्दोलनको भदौ २३ र २४ गतेको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट भागेका कैदीमध्ये ३ हजार ७ सय २३ जनालाई पक्राउ गरी पुनः कारागार पठाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार अझै १० हजार ३ सय २० कैदीबन्दी फरार रहेका छन्। उनले सर्वसाधारणलाई सतर्क रहन र फरारबारे कुनै सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरे। घिमिरेका अनुसार केही कैदी भारत भाग्न खोज्दा त्यहाँको प्रहरीले समातेर फिर्ता पठाएको छ भने केहीलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन्। यस्तै, केही आफैं कारागार फर्किएका छन्। प्रहरीका अनुसार त्यही आन्दोलनका क्रममा देशभरका प्रहरी हिरासतबाट समेत २३९९ थुनुवा फरार भएका थिए। तीमध्ये १३९ जनालाई पक्राउ गरिएको छ भने अझै करिब २१०० जना फरार छन्। भदौ २४ गतेको तोडफोड, आगजनी र प्रदर्शनकै क्रममा ठूलो ...
निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा चौधारी मावीमा बालदिवस कार्यक्रम सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, समाचार
बझाङ । दुर्गाथली गाउँपालिकाको रहेको चौधारी माध्यमिक विद्यालयमा ६१ औं  बालदिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकामा अवस्थित चौधारी माध्यमिक विद्यालयको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष विधालयका प्रधानध्यापक धुर्वराज थापा रहनुभएको थियो ।  उहाँले बालदिवस कार्यक्रममा सहभागीहरूलाई बालबालिका भनेका भविश्का कर्णधार हुन् त्यसैले बालबालिकामा लगानी लगाउनुपर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।  यो कार्यक्रमले बालबालिकाहरुको  क्षमता विकास , बालबालिकाका हक अधिकारहरुको बारेमा थप जानकार भएको बताएका छन् । कार्यक्रममा बिधालयका सम्पुर्ण कर्मचारी, विधार्थी, समुदायका अभिभावक, जनप्रतिनिधिहरु र अन्य राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा मन्...
जेन-जी आन्दोलनमा ज्यान गुमाएका बोहरा र धामीका परिवारलाई खप्तडछान्नाद्वारा एक-एक लाख सहयोग गर्ने घोषणा

जेन-जी आन्दोलनमा ज्यान गुमाएका बोहरा र धामीका परिवारलाई खप्तडछान्नाद्वारा एक-एक लाख सहयोग गर्ने घोषणा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिकाले पनि जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नेभएको छ । भदौ २३ र २४ गतेको देशव्यापी रुपमा जेन-जी पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाएका बझाङका दुई जनाको परिवारलाई पालिकाले एक–एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो। जेन-जी पुस्ताले राजनीतिक दलहरूको असफलता, नेतृत्वप्रति अविश्वास, भ्रष्टाचारका बिरुद्ध गरेको आन्दोलनमा ज्यान गुमाएका खप्तडछान्ना गाउँपालिकाका सुवास बोहरा र दुर्गाथलि गाउँपालिकाका भीम धामीको ज्यान गएको थियोे । पालिकाले देशव्यापी जेन-जी आन्दोलन नेपालको राजनितिक इतिहासमा एक युगान्तकारी परिवर्तनकारी विद्रोहका रूपमा स्थापित भएको बताउँदै पालिकाले मृतक बोहरा र धामीको परिवारलाई राहत स्वरुप उक्त रकम दिने निर्णय गरेको अध्यक्ष उत्तम बहादुर रोकायाले बताए । पालिकाले ऐतिहासिक आन्दोलनका क्रममा वीरगती प्राप्त गर्नु भएका सहिद प्रत...
रास्वपाकी नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

रास्वपाकी नेतृ सुमना श्रेष्ठद्वारा पार्टी परित्याग

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्। उनले पार्टीका केन्द्रीय सदस्यहरूको ग्रुपमा लेख्दै पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गर्ने प्रवृत्ति र गल्ती स्वीकार नगर्ने संस्कारका कारण आफूले पार्टी छोड्ने निर्णय गरेको उल्लेख गरेकी छन्। सुमना श्रेष्ठले भनिन्, "राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको बेला देखि आलोचना गर्दै आएको हुँ। तर त्यसले कुनै फरक पारेन, उल्टै मिडिया ट्रायल हुन थाल्यो। अब मैले पार्टी छोडेँ।"...
जेन-जी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

जेन-जी आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ- अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन्। उनका अनुसार प्रत्येक शहीदको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। आन्दोलनका क्रममा हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको मृत्यु भएको छ भने १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्। प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै यो निर्णयमा हस्ताक्षर गरेकी हुन्।...
आज बाल दिवस

आज बाल दिवस

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– आज भदौ २९ गते राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम सहित मनाइदैँछ । बालकालिकामा लगानी,सुनिश्चित भविषयको थालनी” नारासहित बाल दिवस मनाउन लागिएको हो । नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो र त्यस अनुरूप २०६३ सालदेखि राष्ट्रिय बाल दिवस मनाउन थालेको हो। संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ भने सरकारले बाल अधिकारसम्बन्धी नीति र कानुन कार्यान्वयन गर्दै आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बालबालिकाका शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा आवश्यक लगानी सुनिश्चित गर्ने आशा व्यक्त गरेका छन्।...
दुर्गाथलिद्वारा जेन–जी आन्दोलनमा ज्यान गुमाएका भीम र सुवासको परिवारलाई एक-एक लाख सहयोगको घोषणा

दुर्गाथलिद्वारा जेन–जी आन्दोलनमा ज्यान गुमाएका भीम र सुवासको परिवारलाई एक-एक लाख सहयोगको घोषणा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिकाले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । भदौ २३ र २४ गते जेन-जी पुस्ताले राजनीतिक दलहरूको असफलता, नेतृत्वप्रति अविश्वास, भ्रष्टाचारका बिरुद्ध गरेको आन्दोलनमा बझाङका दुई जनाले ज्यान गुमाएका थिए । उनीहरूको परिवारलाई पालिकाले एक–एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो। गाउँपालिकाले आइतबार जारी विज्ञप्तिमा ऐतिहासिक आन्दोलनका क्रममा वीरगति प्राप्त शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका दुर्गाथलिका भीम धामी र खप्तडछान्नीका सुवास बोहराको उच्च बलिदानलाई स्मरण गर्दै गाउँपालिकाले उनीहरूको परिवारलाई राहतस्वरूप नगद एक–एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको ह...
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। अहिले सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्दै

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्की बिहान ११ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यतालिका तय भएको छ। गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी तयारी गरिएको छ। शुक्रबार शपथग्रहणलगत्तै पदभार ग्रहण गर्ने योजना रहे पनि शपथमा ढिलाइ हुँदा सो कार्यक्रम स्थगित भएको थियो। प्रधानमन्त्री कार्की शनिबारदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज