Advertisement

जेनजि कुनै दलको विकल्प होइन, दलभित्रै समेटिनुपर्छ : एमाले नेता महर

Advertisement

सत्यराज सिंह बझाङ, असोज २५

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जेनजि समूह कुनै राजनीतिक संगठन वा वैचारिक समूह नभएको बताएका छन् । जेनजि सुन्दर भविष्य बोकेको र वर्तमान समयको जबरजस्त हिस्सेदार एउटा उमेर समुह भए पनि यसको कुनै वैधानिक तथा आधिकारिक नेतृत्व नभएकाे महरले बताए । उनले लोकतन्त्रमा राजनीतिक दलहरूको विकल्प सच्चिएका र रुपान्तरित दलहरू नै हुने भएकाले जेनजिले प्रकट गरेका भावना, विचार र आकांक्षालाई दलहरूले आफ्नो संरचनाभित्र समेट्नुपर्ने बताए हुन् ।

उनले भने, ´राजनीतिक दलहरूले जेनजिको भावना र विचारलाई वैचारिक तथा सांगठनिक रूपमा आत्मसात गर्नुपर्छ ।, पार्टीभित्र जेनजि नेतृत्व स्थापित गर्नुपर्छ । यही सहि बाटो हो ।,`

उनले लोकतान्त्रिक व्यवस्थामा दलहरूको विकल्प खोज्न थाल्दा देश अराजकतातिर धकेलिने र विदेशी शक्तिहरू हावी हुने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ´त्यसरी गए लोकतन्त्र र संविधान नै जोखिममा पर्छ ।,`

महरले हालका केही गतिविधिहरू जेनजिको नाममा भइरहेको भन्दै त्यस्ता स्वार्थी समूहहरूले आन्दोलनको मर्म कमजोर बनाइरहेको टिप्पणी गरेका छन् । उनका भने, ´कतिपयले जेनजिको खोल ओढेका छन् ।, तर देशलाई निकास होइन निराशा दिने काममा लागेका छन् ।`

महरले जेनजिका नाममा सकृय भएका केही व्यक्ति विदेशी संस्थाबाट परिचालित भएर तिनका एजेण्डा स्थापित गर्न खोजिरहेको आरोप पनि लगाए ।

उनले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैलीप्रति पनि टिप्पणी गर्दै भने, ´प्रधानमन्त्री महिला हुनु सकारात्मक पक्ष हो ।, तर उहाँको उद्देश्य, सल्लाहकार र राजनीतिक स्रोतका कारण उहाँ अलमलमा हुनुहुन्छ ।, उहाँ एउटा बुख्याँचा मात्रै बन्नुभएको छ।`

महरले राष्ट्रपति समक्ष देशको वर्तमान अवस्थाबारे चासो व्यक्त गर्दै लोकतन्त्र र संविधानकाे संरक्षक तथा अभिभावककाे नाताले राजनीतिक दलहरूसँग सघन संवाद जारी राख्न र शान्ति, स्थिरता र सहि मार्ग सुनिश्चित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज