Advertisement

जेनजि कुनै दलको विकल्प होइन, दलभित्रै समेटिनुपर्छ : एमाले नेता महर

Advertisement

सत्यराज सिंह बझाङ, असोज २५

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जेनजि समूह कुनै राजनीतिक संगठन वा वैचारिक समूह नभएको बताएका छन् । जेनजि सुन्दर भविष्य बोकेको र वर्तमान समयको जबरजस्त हिस्सेदार एउटा उमेर समुह भए पनि यसको कुनै वैधानिक तथा आधिकारिक नेतृत्व नभएकाे महरले बताए । उनले लोकतन्त्रमा राजनीतिक दलहरूको विकल्प सच्चिएका र रुपान्तरित दलहरू नै हुने भएकाले जेनजिले प्रकट गरेका भावना, विचार र आकांक्षालाई दलहरूले आफ्नो संरचनाभित्र समेट्नुपर्ने बताए हुन् ।

उनले भने, ´राजनीतिक दलहरूले जेनजिको भावना र विचारलाई वैचारिक तथा सांगठनिक रूपमा आत्मसात गर्नुपर्छ ।, पार्टीभित्र जेनजि नेतृत्व स्थापित गर्नुपर्छ । यही सहि बाटो हो ।,`

उनले लोकतान्त्रिक व्यवस्थामा दलहरूको विकल्प खोज्न थाल्दा देश अराजकतातिर धकेलिने र विदेशी शक्तिहरू हावी हुने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ´त्यसरी गए लोकतन्त्र र संविधान नै जोखिममा पर्छ ।,`

महरले हालका केही गतिविधिहरू जेनजिको नाममा भइरहेको भन्दै त्यस्ता स्वार्थी समूहहरूले आन्दोलनको मर्म कमजोर बनाइरहेको टिप्पणी गरेका छन् । उनका भने, ´कतिपयले जेनजिको खोल ओढेका छन् ।, तर देशलाई निकास होइन निराशा दिने काममा लागेका छन् ।`

महरले जेनजिका नाममा सकृय भएका केही व्यक्ति विदेशी संस्थाबाट परिचालित भएर तिनका एजेण्डा स्थापित गर्न खोजिरहेको आरोप पनि लगाए ।

उनले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैलीप्रति पनि टिप्पणी गर्दै भने, ´प्रधानमन्त्री महिला हुनु सकारात्मक पक्ष हो ।, तर उहाँको उद्देश्य, सल्लाहकार र राजनीतिक स्रोतका कारण उहाँ अलमलमा हुनुहुन्छ ।, उहाँ एउटा बुख्याँचा मात्रै बन्नुभएको छ।`

महरले राष्ट्रपति समक्ष देशको वर्तमान अवस्थाबारे चासो व्यक्त गर्दै लोकतन्त्र र संविधानकाे संरक्षक तथा अभिभावककाे नाताले राजनीतिक दलहरूसँग सघन संवाद जारी राख्न र शान्ति, स्थिरता र सहि मार्ग सुनिश्चित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज