Advertisement

हाम्रो बारेमा

धनगढीका लागि उडेको श्री एयर नेपालगञ्जमा अवतरण

धनगढीका लागि उडेको श्री एयर नेपालगञ्जमा अवतरण

समाचार
धनगढीः काठमाण्डौँबाट धनगढीका लागि उठेको श्री एयरको विमान नेपालगञ्जमा अवतरण गरेको छ। धनगढीमा मौसम खराबी भएका कारण विमान फर्किको हो। धनगढी विमानस्थल कार्यालयका अनुसार बुधवार दिउसो साढे १ बजे काठमाण्डौँबाट उठेको विमान साढे २ घण्टा आकाशमा होल्ड भएको यात्रुहरुको गुनासो छ। धनगढीको मौसम नखुलेपछि विमान नेपालगञ्जमा अवतरण भएको हो। धनगढीमा रहेको मौसम खराबीका कारण विमान अवतरणमा समस्या हुने गरेको छ। धनगढी  विमानस्थल कार्यालयका अनुसार श्री एयर र बुद्ध एयरको एक/एक विमान भने धनगढी विमानस्थलमा अवतरण भएका छन्। ...

रुखबाट लडेर कैलालीमा १७ वर्षीया रितुको मृत्यु

समाचार
कैलाली- कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ सुखडकी रितु थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ। घाइते भएपछि अस्पताल लैजादै गर्दा मृत्यु भएको रितुका आफन्त मिलन बुढाले बताए। रुखबाट खसेर अचेत भएकी रितुको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ।...

पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु

समाचार
काठमाडौं - इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ ।  आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ । आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो समाचार हटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१२ मा स्थापना भएको यो संगठनले इरानको सीमा क्षेत्र मा आक्रमण गर्दै आएको छ । र, संगठनका नेताहरु पाकिस्तानमा बस्ने गरेको दाबी इरानको छ । पाकिस्तानले भने इरानले हवाई क्षेत्र अकारण नाघेर आक्रमण गरेको र पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको जनाएको छ । साथै यो आक्रमणको इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।...

धनगढीमा तीन तले घरको छतबाट खसेर वृद्धको मृत्यु

समाचार
कैलाली - कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडिको एक घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो। तीन तलाको घरको छतबाट लडेर गम्भिर घाइते भएका माझीको उपचारको क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको हो। उनको मृत्यु हिजो राति भएको प्रहरीले जनाएको छ।...

धनगढीको एसटीएसमा बिहीबारदेखि फिल्म ‘हनुमान’ प्रदर्शन हुँदै

समाचार
धनगढी - अहिले भारतमा निकै चर्चा पाइरहेको फिल्म ‘हनुमान’ बिहीबारदेखि धनगढीमा रहेको एसटीएस सिनेमा हलमा रिलिज हुँदैछ । प्रशान्त बर्मा निर्देशित फिल्मले भारतीय बक्स अफिसमा चार दिनमा ५५ करोड भारु कमाएको छ । नेपाली वितरण कम्पनी ब्यांकटेश इन्टरटेनमेन्टले यो फिल्मलाई नेपाल ल्याउन लागेको हो । वितरकले नेपालमा फिल्मको कमाइको केही हिस्सा अयोध्याको राममन्दिरमा पठाउने घोषणा गरेका छन् । १२ जनवरीदेखि रिलिज भएको फिल्ममा तेजा सज्जाले उत्कृष्ट अभिनय गरेका छन् । यतिबेला उनले चर्चा पाइरहेका छन् । भारतीय संचारमाध्यम पत्रिका डटकमका अनुसार ५० करोडमा बनेको फिल्मले चार दिनमा ५५ करोड ८५ लाख कमाएको छ ।  फिल्मले दोस्रो दिन १२ करोड ४५ लाख भारू कमाएको थियो । तेस्रो दिन १६ करोड कमायो भने चौथो दिन यो फिल्मले १५ करोड २ लाख कमाएको छ । प्रशान्त वर्माले निर्देशित फिल्ममा तेजा सज्जासँगै अमृता अय्यार, वरलक्ष...

भुवन दाहाल र विष्णु माझीको देउडा गीत ‘साइपालका किल्ला’ सार्वजनिक [भिडियोसहित]

समाचार
धनगढी । भुवन दाहाल र विष्णु माझीको आवाजमा रहेको साइपालका किल्ला देउडा गीत सार्वजनिक भएको छ । शिखर आर्ट धनगढी नामक युट्युव च्यानलबाट सोमबार गीत सार्वजनिक गरिएको हो ।  राजकुमार जोशीले निर्माण गरेको उक्त गीतमा लेखन र संगित विरेन्द्र खड्काको रहको छ । गीतमा भवानी रेग्मी र टिकटक स्टार सुस्मिता चाैलागाईले अभिनय गरेका छन् । उक्त गीतकाे निर्देशक पनि रेग्मी नै रहका छन् । https://youtu.be/MfHDlhSaYyc?si=89o0LiHAyBK509pg...

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको लगातार दोस्रो जित

समाचार
काठमाडौं - प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ।  भैरहवामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले  पराजित गर्‍यो। सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो। कर्णालीका लागि दिवान पुनले सबैभन्दा बढी ३८ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भयो।  बलिङमा सुदूरका शेर मल्लले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिए। विकास आग्रीले २ विकेट लिए भने नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले १-१ विकेट लिए।  त्यसअघि सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरे। टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरबीच पहिलो विकेटका लागि १३८ रनको साझेदारी भएको थियो। जसमा टेकले ५९ रन...

भित्र भित्रै जलेको छ मन केहि दिनदेखि

समाचार
सर्जक :-  सत्य उपाध्याय 'विजया' भित्र भित्रै जलेको छ मन केहि दिनदेखि कसैलाइ देखेर परिवर्तन केहि दिनदेखि  वर्षौं पुरानो तस्बिर मुस्कान लिएर आयो ज्यादै सम्झिरहेछु बचपन केहि दिनदेखि  बर्खाले एकछिन पनि बर्शिन नछोडेपछि  चुहिने छानो सङै रुझे नयन केहि दिनदेखी  आफ्ना बनेका हरुले लडाउदा सम्झिरहेछु आमाको काख बा को गर्दन केहि दिनदेखि  मनले मनलाइ नै जिन्दगी बारे प्रश्न गरेपछि  बसेका छन जवाफ अनशन केहि दिनदेखि ...

राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू

समाचार
काठमाण्डाैं - आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन ।  यस्तै, प्रचारप्रसार लगायतका कुरामा पनि आयोगले गर्न नहुने कुराहरूको सूची सार्वजनिक गरिसकेको छ । कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनावसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ । यस्तै, राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गर...

डोटीमा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु  

समाचार
दिपायल - डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  मङ्गलबार बिहान बँदेलको आक्रमणमा परी घाइते भएका दुई जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको हो । जिल्लाको केआईसिँह गाउँपालिका– १ बसिनाका ७२ वर्षीय भगी भूल र सोही ठाउँकी ३५ वर्षीया जगुली देवी भूल घाइते भएका थिए ।  जगुली देवी भुलको अस्पताल पुर्‍याउनु अघि नै मृत्यु भएको जिल्ला अस्पतालका डा. निराजन श्रेष्ठले बताए । अर्का घाइते भगीको स्वाथ्य अवस्था सामान्य छ । घर नजिकै रहेको खेतमामा घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले बताए । डोटीमा प्रत्येक वर्ष जङ्गली जनावरहरू भालु र बँदेलको आक्रमणमा परी मानिसहरूले ज्यान गुमाउँदै आएका छन् ।...

बझाङको चैनपुर बजार बन्द

समाचार
बझाङ - बझाङको चैनपुर बजार बन्द गरिएको छ ।  सदरमुकामको मध्य भागमा आगलागी भएको घटनामा नगरपालिकाले लापरबाही गरेको भन्दै चैनपुरका व्यापारीले बजार बन्द गरेका छन् । जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड बढीको क्षति भएको भन्दै आक्रोशित व्यापारीले बजार बन्द गराएका हुन् ।  आइतबार दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ३२ वर्ष पुरानो एउटा कपडा पसलमा आगो लाग्दा एक करोड बढीको धनमाल जलेर नष्ट भएको थियो । आगलागी भएको करिब आधा घण्टापछि मात्रै आधा ट्यांकी पानी भरिएको जयपृथ्वी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो । यस्तो घटनाबाट पाठ सिक्दै आगामी दिनमा यसो हुन नदिने जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले बताए । उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले नगरपालिकाले विपद् सम्बन्धी चुस्त तयारी नगरेका कारण आफूहरूको व्यवसाय पनि जोखिममा रहेको भ...

‘स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु’

समाचार
काठमाडौं - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको बताएका छन् । मङ्गलवार भूकम्प दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले विपद् व्यवस्थापनमा स्वयंसेवकको पनि भूमिका महत्त्वपूर्ण देखिएको बताउँदै उनीहरुलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु गरेको जानकारी दिए । उनले सरकारले उनीहरुलाई राष्ट्रिय प्रणालीमा आबद्ध काम सुरु गरिसकेको बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज