Advertisement

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङद्धारा कृषकका लागि ३ दिने तालिम सञ्चालन

Advertisement

बझाङ : बझाङका कृषकहरुको लागि ३ दिने तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई बझाङको आयोजनामा उन्नत प्रविधी, प्राथामिक प्रशोधन, पोष्ट हार्भेष्ट, क्षती न्यूनिकरण तथा कृषि यान्त्रिकरण सम्बन्धी तालिम सञ्चालन गरिएको हो । सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समितीको सभाहलमा आज आइतबार एक औपचारिक कार्यक्रमका बिच तालिमको उद्धघाटन गरिएको छ ।

उक्त कार्यक्रममा उपस्थित कृषकलाई कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायीक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने लगाएतका विषयमा प्रशिक्षण गरिने कार्यालय प्रमुख चरित्र नारायण यादवले बताउनुभयो । उक्त तालिम आउँदो मंगलबारसम्म चल्ने भएको छ । तालिममा जिल्लाका सबै स्थानिय तहबाट करीब ५० जना कृषकको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्रमुख नर बहादुर बोहोराले कृषकले तीन दिनसम्म सिकेका कुरा आफुले मात्र नभई गाउघरमा रहेका अन्य कुषकलाई पनि सिकाउनुपर्ने बताउनुभयो । उहाँले कृषि आधुनिकतामा जोड दिदै स्थानिय सरकार, कृषि ज्ञान केन्द्र र आलुजोनले कृषकले उत्पादन गरेका कृषि उपजहरु बजारीकरणका साथै सहजिकरणको जिम्मा लिन आवश्यक रहेको बताउनुभयो ।

कृषिको आधुनिकरण र व्यवसायिकरणका लागि बिशिष्टकृत कृषि क्षेत्रहरुको विकास गर्ने उद्येश्य सहित जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलुखेती, दहलन बाली (सिमि), सुन्तलाजात, जस्ता बालिहरुलाई प्राथमिकता दिएको छ । जिल्लाका कृषि क्षेत्रमा निर्भर रहेका किसानहरुलाइ बीउ उपलब्ध गराउने, आलुखेती प्रबिधि तालिम दिईने, बिसादी, अनुदान, साना सिचाइ मर्मत गर्ने लगायतका सेवाहरु प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई बझाङले दिंदै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख चरित्र नारायण यादबको अध्यक्षतामा सञ्चालन भएको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा रहनुभएको थियो । बिशिष्ट अतिथीमा सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी रहनुभएको थियो । कार्यक्रममा आलुजोनका कर्मचारीहरु, कृषि ज्ञान केन्द्रका कृषि अधिकृत मदनराज जोशी, कृषकहरु, पत्रकार लगाएत सरोकारवालाको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाईका प्राविधिक सहायक कुम्भराज रोकायाले गर्नुभएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज