Advertisement

सुदूरपश्चिममा विपदका कारण चार करोड बढीको आर्थिक नोक्सानी

Advertisement

धनगढी – विपदका कारण सुदूरपश्चिममा चार करोड २८ लाखभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म चार करोड २८ लाख ६४ हजार चार सय ४० बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको हो । 

सबैभन्दा बढी आगलागीबाट आर्थिक नोक्सानी भएको छ। आगलागीबाट चार करोड १७ लाख ७४ हजार चार सय ५०, जनावर आंतकबाट एक लाख ३० तथा जंगल आगलागीबाट ९६ हजार बराबरको नोक्सानी भएको अनुमान छ।

सो अवधिसम्म आगलागीका ९४ घटना घटेका छन्। ती घटनामा परेर दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको छ। पाँच पुरुष र ६ महिला गरी ११ जना घाइते भएका छन्। 

आगलागीबाट एक सय १३ परिवार प्रभावित बन्न पुगेको अभिलेख छ। त्यस्तै जनावर आंतकका २५ घटना घटेका छन्। ती घटनामा परेर एक पुरुष र दुई महिला गरी तीन जनाको मृत्यु भएको छ।

१४ पुरुष र १२ महिला गरी २६ जना घाइते भएका छन्। यस्ता घटनाबाट २६ परिवार प्रभावित बन्न पुगेका छन्। साउनयता १२ पटक भारी वर्षा भएको छ। त्यसबाट २१ परिवार प्रभावित बन्न पुगेका छन भने आंशिक र पूर्ण १५ घरमा क्षति पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। सुदूरपश्चिममा चालु आर्थिक वर्षको पौष मसान्तसम्म प्राकृतिक विपदका दुई सय ४५ घटना घटेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज