Advertisement

हाम्रो बारेमा

देश वृद्धाश्रम बन्ने खतराबाट मुक्त गर्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

समाचार
काठमाडौं - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने बताएका छन् । बिहीवार एक कार्यक्रममा बोल्दै उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए । उनले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए । विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको बताउँदै उनले सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काम भइरहेका बताए । उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने उनले बताए ।...

छोराको हत्या आरोप लागेका बाबु कैलालीबाट पक्राउ

समाचार
सुर्खेत - पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।  उनलाई बिहीबार बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टीकापुर प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । मङ्गलबार बिहान १ बजेतिर उनले बन्चरो प्रहार गरी छोराको हत्या गरेको भन्दै मृतकका भाइले बुवाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए । हत्यापछि आरोपी कैलालीमा पुगेको सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत...

सुदूरपश्चिमको वन मन्त्रालयका सचिवको गाडीमा ढुङ्गा प्रहार, ६ जना पक्राउ

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवार गाडीमा ढुङ्गा प्रहार गरिएको छ । बुधबार राति करीब १० बजेतिर धनगढी उपमहानगरपालिका–१९ को फूलबारीमा सचिव पौडेल सवार मन्त्रालयको सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडीमा ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । सचिव पौडेल बसन्ता क्षेत्रको निरीक्षण गरेर फर्किने क्रममा फूलबारीमा उनी सवार गाडीमाथि ढुंगा प्रहार भएको प्रहरीले बताएको छ । ढुंगा प्रहारबाट गाडीको पछाडिको भागमा क्षति पुगेपनि मानवीय क्षति भएको छैन् । सचिव सवार गाडीमा ढुंगा प्रहार गर्ने ६ जना युवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

समाचार
कञ्चनपुर - शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्वीर राखिएको छ । यसमा सिमतित्रा, कैलोटाउके हाँस, राजलहाचे, खरमुजुर, सानो खरमुजुर, उत्कोशी फ्यालफ्याले, गोमायु महाचील, रणमत्त महाचिल, सारस, लोभीपापी गरुड, भुँडीफोर, बोक्सी चील, लघु महाचील, जीवाहार चील रहेका छन् । यसैगरी सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, नर्कट भ्याकुर, सुनौलो टोपचरा, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर...

एपीएफले मधेशलाई दियो २४७ रनको लक्ष्य

समाचार
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले मधेश प्रदेशलाई २४७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ९ विकेट गुमाउँदै २४६ रन बनाएको हो । एपीएफका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५९ रन बनाए । उनले ६९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए । नट आउट रहेका अमर रौतेला अर्धशतक पूरा गर्नबाट १ रनले चुके । सन्दीप जोराले २० रन बनाएका थिए । ४८.३ ओभरमा हातमा बलले लागेर रिटायर्ड हर्ट अभिनाश बोहरा लगातार २ विकेट गएपछि पुन मैदान फर्किएका थिए । उनी ८ रनमा नट आउट रहे । मधेशका लागि रुपेश सिंह र प्रदिप पासवानले समान ३/३ विकेट लिए । रञ्जित कुमारले २ र अरनिको यादवले १ विकेट लिए ।...

तोलामा ७ सय रुपैयाँ घट्यो सुन

समाचार
काठमाडौं - बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।  बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार १ लाख १७ हजार ५ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।...

बैतडीमा टिप्पर दुर्घटना

समाचार
बैतडी - बैतडीमा टिप्पर दुर्घटना भएको छ।  मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको खाली टिप्पर बिहीवार बिहान मेलौलीको लामालेकमा दुर्घटना भएको हो।  लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए। दुर्घटनामा चालक मेलौली नगरपालिका–१ का २४ वर्षीय गम्भीर टमटा र सहचालक मेलौली–१ कै १९ वर्षीय रोहित दयाल घाइते भएको उनले बताए।  घाइतेहरुको उद्धार भइरहेको छ। दुर्घटनाको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।  ...

कञ्चनपुरको बेलौरीबाट होटल सञ्चालिकासहित ३ जना पक्राउ

समाचार
कञ्चनपुर - कञ्चनपुरको बेलौरीबाट होटल सञ्चालिकासहित ३ जना पक्राउ परेका छन्।  बेलौरी नगरपालिका–६ स्थित गुगल रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवतीलाइ प्रहरीले मङ्गलवार साँझ अनैतिक अवस्थामा देखेपछी सञ्चालिकासहित ३ जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँ बस्ने रेस्टुरेन्ट संचालिका, धरान उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको हो।  अनैतिक अवस्था दुई जनालाई फेला पारेपछि संचालिकासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।  उनीहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरिप्रसाद बजगाइले बताए। ...
नेविसंघ केन्द्रीय सदस्य बुढाले , त्रिवेणी नगर सरकारलाई दिए ६ बुँदे सुझाव 

नेविसंघ केन्द्रीय सदस्य बुढाले , त्रिवेणी नगर सरकारलाई दिए ६ बुँदे सुझाव 

समाचार
बाजुरा - नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भरत बुढाले त्रिवेणी नगरपालिकाको नगर सरकारलाई ६ बुँदे राय सुझाव दिएका छन् । उनले आफ्नो आधिकारिक सामाजिक संजाल मार्फत नगरको १४ औं नगर सभा तथा हिउँदे अधिवेशनबाट पारित गरिएका ६ वटा कार्य विधीमा पनि अझै नगरको समृद्धीका लागि ६ बुँदे सुझाव दिएका हुन् । बुढाले नगरपालिकाको सरकारले पालिकाको विकासका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन,संरक्षण र स्थानीय स्तरका कला संस्कृतिको संरक्षणमा नगर सरकारले कार्य विधी बनाएर अघि ब्ढ्नुपर्न उनको सुझाव छ । नेविसंघ केन्द्रीय सदस्य बुढाले  बडिमालिका क्षेत्रको विकास र व्यवस्थापन का लागि बडिमालिका क्षेत्र बिकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधी बनाउनुपर्ने,कर का दायरा फराकिलो बनाउने,त्रिवेणी नगरपालिका भित्रका धार्मिक पर्यटकीय ,प्राकृतिक सम्पदा ,जडिबुटी ,खनिज जस्...

संरक्षणको पर्खाइमा कैलालीको गर्भा दरबार

समाचार
धनगढी - राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो ।  संरक्षण अभावमा दरबार खण्डहरमा परिणत भएको छ । दरबारको विभिन्न संरचना भत्किन थालेको छ । राज्यले दरबार संरक्षणमा चासो नदिएपछि ऐतिहासिक महत्वको गर्भा दरबार जीर्ण बनेको स्थानीयवासी नारायण योगीले बताए ।  गर्भा दरबार तत्कालीन राणा शासक खडक शमशेरको पालामा बनेको थियो । विक्रम संवत् १९७९ मा शिलान्यास गरिएको दरबारको निर्माण कार्य १९८३ मा पूरा भएको थियो । राणा शासकहरूले कैलाली, कञ्चनपुर, डोटीबाट पोत (कर) उठाउन र मुद्दा मामिला मिलाउने उद्देश्यले बनाएको दरबारमा २०३३ सालदेखि मान्छे बस्न छाडेको जनाइएको छ । १० वर्षे द्वन्द्वको चपेटामा परेर दरबार भग्नावशेषमा परिणत भएको बताइन्छ ।  दरबार संरक्षण वा मर्मतका लागि पुरातत्त्व विभागले अनुमति नदिएका कारण प्रदेश स...

कैलाली र कञ्चनपुरका ४ पालिकाका विद्यालयमा २ दिन बिदा

समाचार
धनगढी - कैलाली र कञ्चनपुरका ४ पालिकाले विद्यालयमा २ दिन जाडो बिदा दिएका छन्। कैलालीको गौरीगंगा, कञ्चनपुरका बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाटा नगरपालिकाले दुई दिन बिदा दिएका छन्।  चिसोले नियमित पठन पाठन प्रभावित भएको भन्दै माघ ४ र ५ गते विद्यालयहरुमा जाडो विदा दिइएको हो। जाडो विदा सम्बन्धी सूचनामा प्रतिकुलताका कारण अत्याधिक चिसो बढेकाले विद्यार्थीको स्वास्थ्यमा समस्या देखिदा हिउँदे विदाबाट कट्टीहुने गरी सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा जाडो विदा दिइएको पालिकाले सुचनामा उल्लेख गरेका छन्।  विदाको समयमा विद्यालयको प्रशासनिक काम भने सुचारु रहने जनाइएको छ।...

गौशाला २६ भन्दै फेसबुकमा फोटो राख्ने एक युवक पक्राउ

समाचार
काठमाडौं - गौशाला २६ भन्दै सामाजिक सञ्जाल फेसबुकमा युवतीको फोटो राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार ती युवकलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार पक्राउ परेका युवकमाथि अहिले थप अनुसन्धान भइरहेको छ । आरोपी व्यक्तिबारे विस्तृत अध्ययन नभई सञ्चारमाध्यममा विस्तृत जानकारी दिन नमिल्ने उनले बताए । बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर एवं सजाय तोकेपछि सामाजिक सञ्जालमा गौशाला २६ को फोटो भन्दै शेयर हुने क्रम बढेको छ । पीडित गौशला २६ ले नै ब्यूरोमा फोटो दुरुपयोग भएको भन्दै उजुरी दिएकी थिइन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज